५ अक्टोबर/लिस्बन – एनआरएन पोर्तुगल जारी विवाद मिलाउन संस्थापक अध्यक्ष पूर्ण हमालको संयोजकत्वमा एक समिति गठन भएको छ । विवादका कारण गत अधिवेशनबाट दुई समानन्तर समिति बनेको एनआरएन पोर्तुगललाई एकजुट गराउनका लागि यूरोप संयोजक नारायण आचार्य, सहसंयोजक मुक्त गुरुङ सहितको केन्द्रीय प्रतिनिधिहरुको पहलमा उक्त समिति गठन गरिएको हो ।
समितिमा पुर्व अध्यक्ष तथा निर्वाचन संयोजक रमेशकुमार गुरुङ, जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्च पोर्तुगलका अध्यक्ष मदन लिम्बु र नेपाली समाज पोर्तुगलका सल्लाकार संयोजक धना शेर्पा सदस्य रहेका छन । अक्टोबर ४ मा विवाद समाधान समिति गठन भएपछि एनआरएन पोर्तुगलका समानन्तर दुवै पक्षसँग विवाद समाधानका लागि छलफल सुरु गरिएको संयोजक पुर्ण हमालले बताए । दुवै पक्षसँग बसेर विभिन्न विकल्पहरुमा छलफल गरी विवाद मिलाउन हरसम्भव कोसिस गर्ने बताउदै संयोजक हमालले छलफलको सुरुवात सकरात्मक भएको छोटो प्रतिक्रिया दिएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित