हरेकको घरमा औषधी सेवन गर्ने व्यक्ति हुनसक्छन् । कसैले दीर्घरोगको औषधी सेवन गरिरहेका होलान्, कतिले आपतकालिन अवस्थाका । सामान्य दुख बिमारमा पनि हामी औषधी सेवन गर्छौं । तर, औषधी सेवन गर्दा अपनाउनुपर्ने सावधानी भने ख्याल गर्दैनौं । जसले गर्दा औषधीले थप हानी पुर्याउने जोखिम रहन्छ ।
औषधी सेवन गर्ने अवस्था भनेको संवेदनशिल हो । यस्तो अवस्थामा कुन औषधी, कति मात्रामा, कसरी खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । जथाभावी वा आफुखुसी औषधी सेवन गर्नु घातक हुनसक्छ ।
जान्नैपर्ने कुरा के पनि हो भने, औषधी सेवन गरेको समयमा कतिपय खानेकुरा खानु हुँदैन । औषधी र ति खानेकुरा एकसाथ सेवन गर्दा औषधीको प्रभाव जति हुनुपर्ने त्यती नरहन सक्छ । वा त्यसको उल्टो असर पनि रहन सक्छ । त्यसैले औषधी सेवन गर्दा के नखाने भन्ने कुरा जान्नैपर्छ ।
कफी
दमको उपचारका लागि ब्रोन्को डाइलेटर खाइरहेको बेला
यो औषधिले फोक्सोको मांशपेशीलाई रिल्याक्स गर्छ, जसले गर्दा बिरामीलाई सास फेर्न सजिलो हुन्छ । तर, यो औषधिको साइड इफेक्ट पनि छ । यो औषधि खाँदा मुटुको धड्कन तेज हुनुको साथै छट्पटाहट पनि हुन सक्छ । यस्तोमा यदि यो औषधिसँगै कफिन सेवन गरेको खण्डमा साइड इफेक्ट्सको सम्भावना बढ्छ ।
धेरै कफी पिउँदा औषधिको असर पनि कम हुन्छ । त्यसैले दमको औषधि खाइरहनु भएको छ भने कफि खान छोड्नुस ।
केरा
ब्लड प्रेसरको औषधि खाइरहेको बेला
केरामा भरपूर मात्रामा पोटासियम पाइन्छ जुन स्वास्थ्यका लागि राम्रो हो । तर, ब्लडप्रेसरको औषधि जस्तै, क्याप्टोप्रिल, एन्जियोटेनसिन आदि सेवन गरिरहेका छ भने केरासहित अन्य पोटासियम उच्च भएका खाद्य पदार्थ, जस्तै पत्तेदार तरकारी, सुन्तला आदि अत्यधिक सेवन गर्नु हुँदैन । अन्यथा मुटुको धड्कन बढ्न सक्छ ।
अल्कोहल
एन्टिहिस्टामाइन्स, मधुमेहको औषधि वा पेन किलर्स खाइरहेको बेला
आमरुपमा कुनै पनि औषधि खाँदा अल्कोहल सेवन गर्नु हानिकारक हुन्छ किनकी अल्कोहलले कलेजोमा अतिरिक्त दवाव दिन्छ ।
तर, अल्कोहल, प्यारासिटामोल र कोडिन लिवरद्वारा अवशोषित हुन्छ । त्यसैले अल्कोहल र यी औषधि एकसाथ सेवन गर्दा यिनीहरुलाई पचाउनका लागि कलेजोलाई बढि मिहिनेत गर्नुपर्छ । जसले गर्दा यी औषधिको साइड इफेक्ट्स हुने आशंका प्रबल हुन्छ । यसका साथै कलेजो क्षतिग्रस्त हुने खतरा पनि बढ्छ ।
पत्तेदार तरकारी
एन्टिकलेगुलेन्ट (रगत पातलो गर्ने औषधि) खाइरहेको बेला
ब्रोकाउली, पालुंगो, बन्दाकोभी जस्ता पत्तेदार तरकारी स्वास्थ्यका लागि फाइदाजनक त छन् तर यदि तपाईं वार्फरिन जस्ता एन्टिब्लड क्लटिङ मेडिलिन लिइरहेको छ भने पत्तेदार तरकारी धेरै नखानु राम्रो हुन्छ । यी तरकारीमा भिटामिनको मात्रा अधिक हुन्छ जसले रगतलाई जम्न सहयोग गर्छ ।
वार्फरिनको काम रगत पातलो गर्नु हो । यस्तोमो अधिक मात्रामा पत्तेदार तरकारीको सेवन गरियो भने वार्फििरनले आफ्नो काम गर्न सक्दैन ।
सुन्तला
स्टेटिन लिइरहेको बेला
रक्तचाप कम गर्नका लागि स्टेटिन सेवन गरिएको छ भने सुन्तला वा सुन्तलाको जुस सेवन गर्नु हुँदैन । सुन्तलामा एक यस्तो केमिकल हुन्छ जसले शरीरलाई स्टेटिन अवशोषित गर्नबाट रोक्छ । यसले गर्दा बिरामीलाई मांसपेशी तथा शरीरमा दुखाई हुन थाल्छ ।
दुधजन्य उत्पादन
एन्टिबायोटिक्स लिइरहेको बेला
दुध, दही, चीज जस्ता डेरी प्रोडक्टमा पाइने क्याल्सियमले सिप्रोफ्लाक्ससिन र टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक्सलाई शरीरमा अवशोषित हुन वाधा पुर्याउँछ, जसले गर्दा त्यसको असर कम हुन्छ ।
राम्रो परिणामको लागि एन्टिबायोटिक्स खाना खानुभन्दा एक घन्टा अगाडि पानीसँग वा फेरि खाना खाएको दुई घन्टापछि लिनुपर्छ । त्यसैले दुधसँग एन्टिबायोटिक्स खानै हुँदैन ।
कागति
कफको औषधि खाइरहेको बेला
यदि तपाईं डेक्सट्रोमेथर्फिनयुक्त कफको औषधि खाइरहेको भए कागति, सुन्तला जस्ता अमिला खाद्यपदार्थबाट टाढा बस्नुपर्छ । यिनीहरुले शरीरद्वारा औषधिलाई टुक्राएर अवशोषित गर्ने प्रक्रियामा वाधा पुर्याउँछन् । यसले गर्दा सुस्ति लगायतका साइड इफेक्टहरु देखिन थाल्छन् ।
सोयाबिन वा ओखर
थाइराइडको औषधि खाइरहेको बेला
उच्च फाइबरयुक्त खानाले औषधिलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । उच्च फाइबरयुक्त खानेकुरा खाइरहेको भए औषधिलाई साँझ वा राति सेवन गरौं ।
-onlinekhabar