यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै भिटामिन खान नबिर्सनुहोस । हार्वर्ड, क्यालीफोर्निया र ल्यान्केस्टर यूनिभर्सिटीमा ९ देखि १२ वर्ष उमेरका ३ हजार बच्चाहरुमाथि एक अध्ययन गरियो । जस अध्ययनका अनुसार गर्भवति अवस्थामा जुन महिलाहरु भिटामिन सप्लिमेन्ट्स खान्छन् उनको बच्चा भिटामिन नखाने बच्चाहरुको तुलनामा बढी स्मार्ट र तेज दिमागका हुन्छन् ।
यूनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर एलिजाबेथ प्राडोका अनुसार, गर्भावस्थाको समय आमाको खानपानको प्रभाव हुनेबला बच्चाको संज्ञानात्मक क्षमतामा पनि पर्छ ।

गर्भावस्थाका बेला फोलिक एसिडका साथ–साथै रिबोफ्लेविन, नियासिन र भिटामिन बी १२, भिटामिन सी र भिटामिन डी खाने महिलाहरुका बच्चामा सोच्ने बुझ्ने क्षमता बलियो हुन्छ र उनीहरुको अन्य ठाउँमा पनि राम्रो प्रदर्शन हुन्छ । अध्ययनकर्ताका अनुसार गर्भावस्थाका बेला खाना मात्र खानाले यि सबै पोषक तत्वहरु भरपूर र पर्याप्त मात्रामा प्राप्त हुदैँन । त्यसैले खानाको साथ–साथै भिटामिन सप्लिमेन्ट्स पनि खानु जरुरी हुन्छ ।

तेज दिमाग बच्चाका लागि कस्तो खाना ?  
सुरुको तीन वर्षको क्रममा जुन बच्चा ताजा फल, हरीयो साग–तरकारी, माछा र अन्न खान्छन् उनको विद्यालयमा राम्रो प्रदर्शन र राम्रो नतिजा आउँछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय