
“प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं” भन्ने कथनलाई प्रमुख नारा बनाएर गुरुङ समाज जापान”को पहिलो क्षेत्रिय अधिवेशन हुने भएको छ ।
कार्यक्रमको प्रचार प्रसार र सम्पूर्ण व्यवस्थापनको काम सकिएको गुरुङ समाज जापानका केन्द्रिय अध्यक्ष अध्यक्ष युवराज गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रम सफल बनाउनको लागि गुरुङ समाज जापानका केन्द्रिय अध्यक्ष युवराज गुरुङ उपाध्यक्ष चन्द्र गुरुङ संगठन बिभाग प्रमुख जगदिश गुरूङ र संरक्षक लिल बहादुर गुरुङ सहितको टोली हिजै कार्यक्रम स्थल सेन्दाइ पुगिसक्नुभएको भने अन्य बाँकी केन्द्रिय पदाधिकारी र अतिथिहरु सहित करिव १० जना सोही दिन बिहान ६ बजे टोकियोबाट प्रस्थान गर्ने कार्यक्रम रहेको समाजका महासचिव मोति गुरुङले जानकारी दिनुभयो ।
हामीले कला संस्कारलाई संरक्षण गर्दै भावि नयां पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्दछ। यो नै अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहनु भएका तमाम् गुरुङहरुलाई समेट्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण गुरुङ लाई अपनत्व महशुस हुने गरी “गुरूङ समाज क्षेत्रिय समिति सेन्दाई“ स्थापना गर्न लागेको तदर्थ कमिटीका सचिव अस्मिता गुरुङले बताए ।उहाँले कार्यक्रममा उपस्थित भइ सहयोग गरिदन सेन्दाइबासी सम्पुर्ण गुरुङ तथा गैर गुरुङ संघसंस्थाका प्रतिनिधिहरुलाइ अनुरोध समेत गर्नुभयो ।
क्षेत्रिय अधिवेशन सम्पन्न पार्न स-शक्त एवमं जुझारू युवा अमर गुरुङको संयोजकत्वमा तदर्थ कमिटी तय गरेको छ ।
हाम्रो जस्ता संघिय लोकतान्त्रिक गणतन्त्रिक मुलुकमा बहुजाती , बहुभाषीक, बहुधार्मिक र बहुसंस्कृतिक विविधताले सजिएको देशमा गुरूङ जातिको कला , संस्कार , भेषभुषा , रहनसहन , पराम्परा , भाषा आदी तमू जातीमा मात्र सिमित नभई देश तथा विदेशमा समेत चीरपरिचित छन् ।