मध्य पहाड़ी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपातको प्रयास भयो ।भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका वडा नं पाँच लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन । नेता माथिको आक्रमण यो पहिलो घटना भने हैन ।

यस अघि पनि विभिन्न समय शीर्ष नेता माथि झापड नै प्रहार भएको थियो विसं २०६३ पछि नेताहरुको कार्यशैली प्रति कार्यकर्ता र आमजनतामा असन्तुष्ट बढ्दै गएपछि नेताहरु आक्रमणको निशानामा पर्दे आएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल काँग्रेसका पूर्व सभापति सुशील कोइराला माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म विभिन्न समयमा विभिन्न हिसाबले निशानामा परे ।  प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल दुई पटक जनताको आक्रमण को निशानामा परि सकेका छन् ।

पहिलो पटक२०६९ मंसीर एक गते काठमाडौं को भृकुटी मण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका बेला बागलुङका पदम कुँवरले दाहाललाई थप्पड हानेका थिए। कुँवरले आक्रोश विस्फोट भएर झापड हानेको अभिव्यक्ति ती बेला दिएका थिए । २०७६ फागुन १८ गते पनि राष्ट्रिय सभागृहमा एमालेका नेता भरत मोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका दाहाल मन्तव्य टुङ्गाएर बस्न जाँदै गर्दा उनलाई लक्षित गरी जुत्ता प्रहार भएको थियो । सशस्त्र द्वंदका क्रम मारिएका भनिएका जुम्लाका मोहन तिरुवाका छोरा रतनले दाहाललाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए ।
भलै जुत्ताले दाहाललाई लागेन ।

बिक्रम सं २०६७ साल माघ सात गते नेकपा एमाले अध्यक्ष रहेका बेला नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई सुनसरीका देवी प्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनने इनरुवामा आयोजित कार्यक्रममा पार्टी प्रबसी हरको लाइनमा बसेर खनालकै हातबाट टीका लगाई सकेपछि उनका गालामा थप्पड हानेका थिए उन नेता अरूलाई चेत आओस् र सुध्रियोस् भन्ने उद्देश्यले झापड हानेको बताएका थिए । बिक्रम सं २०६८ सालमा काँग्रेस सभापति सुशील कोइराला माथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रम मा नेवी संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए ।

कार्यक्रम कोइरालालाई सम्मान स्वरूप खादा ओढाउँदै गर्दा अगाडीबाट उनलाई काठको फ्रेमले हानेका थिए । पार्टी भित्रको आन्तरिक विवादको कारण आक्रमण भएको बताइएको थियो विसं २०६८ साल वैशाखमा माओवादी सभासद् झक्कु प्रसाद सुवेदीले पनि झापड खाएका थिए । तीनकुने स्थित कफी शपका सञ्चालक प्रेमराज देवकोटाले उन बोलाएर झापड हानेका थिए पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडाबाट फर्कँदै गरेका सुवेदी लाई तीन कुने सुविधा नगरमा रहेको कफी पसल सञ्चालकले संविधान कहिले बन्छ भनेर झापड हानेका थिए । आफू पसल बन्द गरेर भोट हालेको नेताले संविधान कहिले बन्छ भन्न नसकेकाले हानेको भनेर देवकोटाले दिएको अभिव्यक्ति चर्चित बनेको थियो।

नेता लक्षित आक्रमण केही समय मत्थर भएको थियो तर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका पाँच लेगुवामा ओली माथ हातपातको प्रयास भएको हो ।ओलीलाई लेुवाकै महेश राईले हात पात को प्रयास गरे का हुन । नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट बढ्दै गएपछि नेता माथि आक्रमण हुने गरेको छ ।  यस घटनालाई हेर्दा अझै पनि जनताहरु नेताहरुको कार्यशैलीदेखि सन्तुष्ट छैनन् भन्ने देखाइरहेका छन् भने नेतृत्वलाई सचेत गर्ने नाममा यसरी हातपात नै गर्नु राम्रो भने कदापि हुँदै होइन ।

नेताहरुले पनि राजनैतिक स्वार्थ पुरा गर्न चुनावी ताका बाँडेका आश्वासनहरू पुरा नगरी भाषण अनि प्रचारबाजी राजनीतिले अवको दिनहरुमा जनतामाझ काम गर्न सकिँदैन भनेर समयमै हेक्का राख्नु आवश्यकता देखिन्छ । प्रचण्डमाथि आक्रमण हुँदा माओवादी बाहेक सबैलाई आनन्द मिल्यो । त्यसरी नै शेरबहादुर देउवामाथि आक्रमण हुँदा काँग्रेसलाई मात्र दुख्यो ।
आज केपी ओलीमाथि प्रहार हुँदा एमालेजनलाई मात्र दुखेको छ । विगतमा गलत प्रवृत्तिको पक्षपोषण नगरेको भए आज दोहोरिने थिएन । प्रचण्ड र देउवामाथि प्रहार हुँदा बुर्कुसी मार्ने एमालेहरु आज ओलीमाथि आक्रमण हुँदा दुखी या आक्रामक हुनु भने आवश्यक छैन ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय