भाषा, कला, सांस्कृति संरक्षणमा नेपाल देखि अमेरिकासम्मः टुङ्ना डेण्डी शेर्पा बाल्यकाल रामेछाप जिल्ला बाम्तीभन्डारको रमनिय स्थालको डाडाकाडामा विताएका शेर्पा समुदायका गायक, स्याबु्र प्रशिक्षक एवं शेर्पा भाषा, कला सास्कृतिको संरक्षणका अभियान्त टुङ्ना डेण्डी शेर्पाको जन्म २०२१ सालमा बुवा स्वा. निमा फिन्जो शेर्पा र आमा स्वा. लकी शेर्पाको कोखबाट भएको थियो उनी परिवारको जेठा छोरा हुन एक भाइ र बहिनी छन ।

जन्म थलो नेपाल भए पनि सन २००७ देखि कर्म थालो अमेरिका बनाइ हाल सब परिवार अमेरिकामा नै बस्दै आएका छन । बाल्यकाल देखि नै शेर्पा गित गाउने, टुङना बजाउने खुवी भएका शेर्पा गाउँ घरमा बुढापाखाले गाएका मार्मिक गित र गितमा भएका मार्मिक शव्द मायाको शव्द सुनेर मख्ख  हुने गर्दथे भने गाउने प्रयास गर्थे र बुढापाखा अग्रजहरुसंग स्वरमा स्वर मिलाएर गाउने गर्दर्थे । टुङना बजाएको देखेर हेरि रहन्र्थे कसरी बजाएका होलान भनी र पछि अग्रजहरुले बजाउन छाडे पछि उनी बजाउने प्रयास गर्दथे । यसरी नै उनले शेर्पा गित र टुङना बजाउन सिके ।

बाल्यकालमा गोन्पा शिक्षा लिएका डेण्डी शेर्पाले ७ बर्ष मात्र गुन्पा शिक्षा लिन पाए । गोन्पा शिक्षा लिने इच्छा हुदाहुदै पनि ९ बर्षको उमेरमा आमाको निधान भएको थियो भने १६ बर्षको उमेरमा बुबालाई पनि घुमाउन पुगे । परिवारको जेठा छोरा भएको कारण उनले गोन्पा शिक्षा लिन पाएनन । उनी १६ बर्षको उमेरमा  परिवारलाई सहयोग गर्नका लागि काठमाडौं तिर लागे र पर्यटन पेशा अगाल्न पुगे ।

पर्यटन पेशामा लाग्ने क्रममा विभिन्न जनजातिहरुको बस्ती रहेको जिल्लामा जादा मगर, गुरुङ,तामाङ समुदायले आफ्नो भाषा, कला, सांस्कृतिको संरक्षण एव आफ्नै मौलिक गीतहरु गाएर पर्यटकहरुलाई मनोरन्जन दिएको देखे पछि शेर्पा भाषा, कला, सांस्कृतिको पनि संरक्षण एव सर्वधन गर्नु पर्छ भनी टे«किङमा नै पर्यटनहरुलाई जानी नजानी भाका लगाएर शेर्पा गितहरु गाएर सुुनाउने गर्दर्थै ।

पछि उनले शेर्पा भाषा, कला, सांस्कृतिलाई लोप हुन दिनु हुन्न भनी शेर्पा गीत गाउन थालेका थिए भने वि.स २०४९ साल देखि शेर्पा गित गाउने, स्याबु्र नृत्य सिकाउने, टुङना सिकाउन थालेका थिए भने सन २००० देखि २००५ सम्म ५ बर्ष  रेडियो एचभिसि एफएमबाट शेर्पा भाषाको कार्यक्रम पनि संचालन गरेका थिए भने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको स्थापना काल देखि नै स्याबु्र नृत्य, टुङना एव गितहरु सिकाउने गर्दर्थै शेर्पाको अथक प्रयासमा sherpa culture song part one, part2 and part 3 सम्म निकालेका थिए । उनले १८ वटा शेर्पा गीति एल्वमहरु बजारमा ल्याएका छन । जसमा जसमा १२ वटा चाही पुराना गीतहरुको सग्रह रहेको छ । पहिलो गीति एल्वम शेर्पा सङ भोलुम  सन १९९४ –sherpa song volum 1, शेर्पा गित भोलुम ३, शेर्पा पप गीत ९८( Sherpa pop song 98), मिलियन शेर्पा हिट –ःMillennium Sherpa hit song ), दि म्युजिक अफ शेर्पा (the music of Sherpa’s),  पुरानो तथा नया गीत संग्रह –New and old Sherpa song_, Sherpa folk song, Sherpa giti sangraha, the culture of the Himalaya, Sherpa shyapthuk music video, me and my lute, the best of dendi, every day molam DvD गीती एल्वमहरु बजारमा ल्याएका छन भने धेरै शेर्पा गितहरु आवाज दिएका छन।

विस २०५७ साल देखि शेर्पा समुदायमा रहेका किदुक, संघसस्था  एबं स्कुलहरुमा स्याबु्र नृत्य र गितहरुको प्रशिक्षण दिने गर्दर्थे भने शेर्पा समुदायमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति हुने गर्दर्थो । सवैले टुङना डेण्डी शेर्पाको नामबाट चिन्ने गर्दछन । शेर्पा भाषा, कला, सांस्कृति संरक्षण अभियानमा उनको अथक प्रयास रहेको छ नया पिडिहरुमा शेर्पा भाषा, कला, सांस्कृतिको लोप नहोस भनी शेर्पा गिति एल्वमहरु निकालेका छन भने सबै शेर्पा युवाहरुले शेर्पा गितहरु गाउन सकुन भनी अहिले युट्युवमा शेर्पा कारओके मार्फत शेर्पा ट्रयाकहरु राखेर सजिलो बनाइ दिएका छन । उनी भन्छन शेर्पा गितहरु सबैले सजिलैसँग सिक्न र गाउन सकुन भनी कारओकेमा शेर्पा गितहरु  राखेका छन ।

जिवनमा शेर्पाले शेर्पा नृत्य, गितहरु नेपालमा मात्र नभएर विदेशमा पनि सिकाउने गरका छन । अन्य समुदायको जस्तै शेर्पाहरुको सांकृतिक संरक्षण गर्नु पर्छ भनी विदेशमा रहेर पनि लागि परेका छन । पहिचान भनेको नै आफनो भाषा, कला, सांस्कृति रहेको उनी बताउछन । हामी जहा जुन कुनामा भए पनि  आफ्नो भाषा कला सांस्कृतिलाई विसर्न नहुने बताउछन ।

उनी सन २००६ मा अमेरिका शेर्पा किदुकले आमन्त्रणमा अमेरिका पुगेका थिए । ३ महिनाको समयमा १८ बटा कार्यक्रममा भाग लिइ आफ्नो कला प्रस्तुत गरेका थिए । भने ३ महिनाको बसाइ पछि नेपाल आएका शेर्पालाई पछि २००७ मा फेरि अमेरिका शेर्पा किदुकले स्याबु्र नृत्य र शेर्पा गितको प्रशिक्षणका लागि पुन बोलाएका थिए । त्यस पछि उनी अमेरिकालाई नै कर्म थलो बनाइ उतै बसेका छन । हाल अमेरिकामा हुने विभिन्न कार्यक्रमहरु देखि लिएर त्यहा रहेका बालबालिका देखि लिएर युवा पुस्ताहरुलाई स्याबु्र नृत्य र गितहरु सिकाउने गर्दछन ।नेपालमा मात्र नभएर विदेशमा पनि आफ्नो भाषा कला, सांस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने धारणा त्यहा रहेका युवा पुस्ताहरुमा रहेको उनी बताउछन । सिक्ने इच्छा हुदाहुदै पनि समयको अभावले गर्दा सिक्न नपाएको उनी बताउछन । सजिलोको लागि शेर्पाले युट्युवको माध्यमबाट पनि गितहरु र स्याबु्र नृत्यहरु राखी सिकाउने गरेका छन ।

अमेरिकामा शेर्पाले शेर्पा कलालाई संरक्षण गर्नमा लागि परेका छन लोसारमा हुने हरेक कार्यक्रममा शेर्पा नृत्य, गितहरु गाउने गर्छन भने प्रशिक्षण पनि दिने गरेका छन । विदेशमा भए पनि आफ्नो मातृभुमि नेपालको अत्ति नै माया लाग्ने उनी बताउछन । नेपालमा भए पनि विदेशमा भएपनि आफ्नो भाषा, कला सांस्कृतिक संरक्षण अभियानमा निरन्तर रुपमा लागि परेका छन । नेपालमा भन्दा विदेशमा फुर्सदको समयमा काम गर्ने सुविधा भएकोले गर्दा सजिलो भएको उनी बताउछन कलाकारहरुले ध्यान पुर्वक काम गरे कलाकारीता पेशाबाट जिविकोर्पानज गर्न सकिने उनी बताउछन । आफ्नो कलालाई प्रस्तुत गर्न सक्ने खुबि हुनु पर्ने उनी बताउछन भने आफ्नो प्रतिभालाई बाहिर ल्याउनु पर्ने धारणा शेर्पाको  छ ।

जनजाती समुदायको पहिचान भनेको नै मातृभाषा, कला, सांस्कृति रहेकोले यसलाई जर्गेना गर्नका लागि युवा पुस्ता लागि पर्नु पर्नेछ । हामीले हाम्रो पहिचान बुलेमा अस्तित्व हिन हुने उनी बताउछन । घरपरिवारमा पनि सानो देखि नै बालबालिकालाई मातृभाषा, शेर्पा गितहरु सिकाउनु पर्ने उनी बताउछन यसो गरे पहिचान लोप भएर नजाने बताउछन । अव भाषा, कला, सांस्कृतिको संरक्षण, घर, गाउबाट नै हुनु पर्ने लोप हुदै गएको पुरानो गितहरुको संरक्षण अभियानमा लाग्नु पर्ने सयम आएको उनी बताउछन । बोल्नु भन्दा काम गरेर देखाउनमा उनी बिश्वास गर्छन ।

पहिचान लोप हुन नदिन अव हामी सबै उठ्ने समय आएको छ ।

 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय