काठमाडाैं/ एकदिवशीय मान्यता हात पारेर फर्केकाे नेपाली क्रिकेट टाेलीलार्इ विमानस्थलमा भब्य स्वागत गरिएको छ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियाेगिता खेल्न जिम्बावे गएको टोली साेमबार साँझ स्वदेश फर्केको हाे ।
टाेलीलार्इ विमानस्थलमै खेल प्रेमी तथा खेलक्षेत्रका पदाधिकारीहरूले भव्य स्वागत गरेका हुन् । विश्वकप क्रिकेटका लागि छनाैट हुन नसकेपनि नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि एकदिवशीय हात पारेर फर्केकाे टोलीलाई भब्य स्वागत गरिएको हाे । नेपालले समूह चरणकाे खेलमा हङकङलार्इ र प्लेअपकाे खेलमा पपुवा नयूगिनीलार्इ हराउँदै अागामी चार वर्षका लागि एकदिवसीय मान्यता पाएकाे छ ।