वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।

वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहण गरी शुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा हिजो जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।

हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने चलन छ ।

१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने चलन भए पनि अरु वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय