जन्मथलो खाम्जेबाट ६ बर्षको उमेरमै बाबुअामाको साथमा कालिङ्पोङ पुगेर पढ्ने अबसर पाएका छिरिङ दोर्जी शेर्पाले ९ कक्षा पुरा गर्दा नगदै बाबुअामासंगै गाउँ फर्कनु पत्यो । १७ बर्षको उमेरमा बि.स.२००१ मा जन्मस्थान फर्केका छिरिङ दोर्जीलाई गाउँ फर्केपछि पनि पढाइलेखाइको धोको बाकी नै रह्यो ।तर अाफ्नो पढाइलाई अगाडि बढाउन त्यस क्षेत्रमा कुनै स्कुल थिएन।स्कुल नभएको परिस्थिति देखेपछि अाफ्नो इच्छालाई थाती राखेर उनको युवाजोश स्कुल होल्ने र शिक्षाको ज्योति बाड्नेतर्फ उन्मुख भयो।
हालको सोलुखुम्बु ,अोखलढुङ्गा , खोटाङ पुरै र उदयपुर तथा सिन्धुलीको समेत केही भुभाग त्यसबेला अोखलढुङ्गा जिल्ला अन्त्गत पर्दथ्यो।त्यसबेला अोखलढुङ्गा बजारमा केही सरकारी कार्यलयहरु थिए। २००३ सालमा छिरिङ दोर्जी अोखलढुङ्गा पुग्नुभयो। त्यहाँ एउटा भाषा पाठशालाबाहेक कुनै स्कुल थिएन।त्यहाँ उहाँले व्यक्तिगत तवरबाटै विद्यार्थिहरुलाई पढाउन थाल्नुभयो। १५/१६ जना विद्यार्थिा सङ्ख्या भएपछि उहाँले प्रईभेट प्रइमरी इङलिश स्कुल नाम दिएर स्कुल खोल्नुभयो।त्यस क्षेत्रकै पहिलो अङ्ग्रेजी मास्टर भएकाले उहाँ मास्टर बाबु /मास्टरदाइ को नामले परिचित बन्नुभयो।
२००७ सालमा तत्कालीन काङ्ग्रेस सेनाले अोखलढुङ्गा कब्जामा लिएको थियो।पढेलेखेका मानिसहरूले त्यसबेलाको प्रशासनिक/राजनीतिक काममा सहयोग गर्नुपर्ने भयो। त्ससैले उहाँ सोलु क्षेत्रको दुईवटा ग्राम पञ्चायतको चुनाव गराउन निर्वाचनको सम्पूर्ण जिम्मेवारी लिएर सोलु अाउनुभयो।सोलु अाएर निर्वाचन सम्पन्न गरिसकेपछि २००७ सालमै दोर्पुबजारमा स्कुल खोल्ने प्रयत्नमा लाग्नुभएका छिरिङ त्यहाँ स्कुल सञ्चालन हुन नसकेपछि २००८ सालमा स्कुल खोल्नकै लागि भनेर नाम्चे पुग्नुभयो।उहाँले नाम्चेमा २००८ साल साउन १ गतेदेखि स्कुल सञ्चालन सुरुवात गर्नुभयो।पछि सल्लेरीमा स्कुल खोल्न विद्यालयको भवन निर्माण स्थापन तथा सञ्चालक समितिमा रहेर सुरुवात देखि नै सकृय भूमिका निर्वाह गर्नुभएका छिरिङ दोर्जी सञ्चालक समितिको सदस्य-सचिव रहनुभएको थियो। छिरिङ दोर्जीले स्कुल खोल्ने बेलासम्म नाम्चेमा कुनै विदेशीको प्रवेश भएको थिएन विदेशीले प्रवेश पाउन थालेपछि त्यस क्षेत्रमा भएको एरिया सिप्टन (सर एडमण्ड हिल्लरीको टिम लिडर) को टोलीले सन् १९५१ को एक्सपेडिसन बुकमा उहाँले खोलेको र स्कुलको फोटोसमेत प्रकाशीत गरेको छ।अोखलढुङ्गा नाम्चे र सल्लेरीमा स्कुल खोल्ने तथा मास्टर शिक्षक भएर स्थानीयवासीहरुलाई पढाउने पहिलो शिक्षक भएकोले उहाँलाई सबैले मास्टर छिरिङ को उपनामले चिन्ने गर्दछ्न। ७५ वर्षको उमेरमा पनि शिक्षा क्षेत्रको कुरा गर्ने बित्तिकै निकै जागरुक हुने छिरिङ दोर्जी शेर्पा भन्नुहुन्छ-मलाई गाउँ-गाउँमा स्कुल खोल्ने सैख थियो केही ठाउँमा खोलेर सञ्चालन पनि गरे । त्यो काम पछि सर एडमण्ड हिल्लरीले गरेको देख्दा छिरिङ दोर्जीलाई निकै खुसी लगेको थियो
उहाँ सोलु जिल्लाकै पहिलो शिक्षक र शैक्षिक क्षेत्रको इतिहास पुरुष भएको कुरामा दुईमत छैन।भर्खरै उहाँलाई जिल्ला विकास समिति सोलुले शिक्षा क्षेत्रमा अनुकरणीय योगदान पुर्याएबापत् भनेर कदरपत्रले सम्मानसमेत गरेको थियो छिरिङ दोर्जी शेर्पालाई मास्टर भनेर धेरैले चिन्छन् नामबाटले कमै।अोखलढुङ्गा जिल्लामा शिक्षाको ज्योति बाल्ने पहिलो व्यक्ति भएकैले उनी मास्टर छिरिङ हुन पुगे। जुन बेला ढोडेनी खोला महाभारत डाड बहादुरा खोला सापसु खोला र विश्ववको सर्वोच्च शिखर सगरमाथा भित्र पुरै भूभाग अोखलढुङ्गामा पर्दथ्यो त्यसलाई पुर्व ३ नं अोखलढुङ्गा भनिन्थ्यो बाहुन, क्षेत्री, राई, नेवार,शेर्पा,कामी,दमाई,मगरलगायतको बसोबास रहेको यो ठाउँ अझै पनि पिछडिएको छ





