
बिर्तामोड, झापा: बिर्तामोड भद्रपुर रोडस्थित आर.आर. पोलिक्लिनिकमा अब मधुमेह (सुगर), थाइरोइड र हर्मोन सम्बन्धी जुनसुकै रोगको विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ। भारतको प्रतिष्ठित चिकित्सा संस्थाहरू पिजीआई चण्डीगढ र एम्स दिल्लीबाट मधुमेह, थाइरोइड र हर्मोन रोगमा विद्यावारिधि (DM Endocrinology & Diabetes) गरेका डा. प्रसिद्ध ढकालले दैनिक सेवा प्रदान गर्नेछन्।
आर.आर. पोलिक्लिनिकका संचालक महेन्द्र राइका अनुसार डा. ढकालको आगमनसँगै प्रदेश १ का बासिन्दाहरूले अब इन्सुलिन प्रयोगकर्ताहरू, सुगर नियन्त्रणमा समस्या भएका बिरामीहरू, प्रकार १ (Type-1) मधुमेह र गर्भावस्थाको मधुमेह भएका बिरामीहरूको प्रभावकारी उपचार पाउनेछन्। यसअघि यी सेवाहरू लिन बिरामीहरू भारत जानुपर्ने बाध्यता थियो। साथै, हाइपरथाइरोइडिजमको दीर्घकालीन उपचार (रेडियोएक्टिभ आयोडिन थेरापी) को परामर्श पनि यहाँ उपलब्ध हुनेछ।
क्लिनिकले अब हर्मोन सम्बन्धी अधिकांश जाँचहरू आफ्नै प्रयोगशालामा गर्न सक्नेछ। यसबाहेक, डायबेटिज एजुकेशन को सुविधा पनि दैनिक रूपमा उपलब्ध हुनेछ, जसमा बिरामीहरूलाई इन्सुलिन प्रयोग गर्ने तरिका, रगतमा चिनी जाँच्ने विधि, कम सुगरको व्यवस्थापन, खानपान र व्यायाम सम्बन्धी सुझावहरू दैनिक रूपमा प्रदान गरिनेछ। यसबाट बिरामीहरूले सहज र प्रभावकारी उपचार सेवा प्राप्त गर्न सक्नेछन्।