सोलुखुम्बु । चिवाङ गुम्बामा यस वर्ष मनिरिम्डु पुजा नहुने भएको छ । कोरोना संक्रमण जोखिमका कारण यस वर्ष गुम्बामा मनिरिम्डु, ओङ र छयामको कार्यक्रम नगर्ने निर्णय गरेको गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष आङ दोर्जी लामाले जानकारी दिए ।

हरेक बर्ष प्राणी जगतको स्वास्थ्य र जीवन प्रतिरक्षाको कामना गर्दै गरिने मनिरिम्डु पुजा यस बर्ष परिस्थिती प्रतिकुल बनेकाले स्थगित गरिएको हो । जिल्लामा भएका प्रख्यात गुम्बा मध्ये एक चिवाङ गुम्बा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा पर्दछ ।

– सोलु एफएमवाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय