
नेपाल शेर्पा संघ देउमाई नगरपालिका कार्य समितिले आयोजना गरेको ३० दिने शेर्पा भाषा तथा स्याब्रू प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ईलाम र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ईलामले यस कार्यक्रमलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
कार्यक्रममा शेर्पा भाषा र स्याब्रू नृत्यको बारेमा विस्तृत ज्ञान प्रदान गरिएको थियो। निमा गेल्जे शेर्पा ज्यूले कार्यक्रमको सफल सञ्चालनका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।
यस कार्यक्रमले शेर्पा भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
कार्यक्रममा नेपाल शेर्पा संघ देउमाई नगरपालिका कार्य समितिका पदाधिकारीहरू, नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ईलामका पदाधिकारीहरू, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ईलामका पदाधिकारीहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।