सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस बर्षकै पहिलो पटक सामान्य हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रको माथिल्लो भेग सहित सल्लेरीबाट देखिने पिके डाँडा, रातनागी सहितका डाँडाहरु शुक्रबार सेताम्मे बनेका छन् ।

खुम्बुको नाम्चे, खुम्जुङ क्षेत्रमा भएको सामान्य हिमपात दिउँसोबाट रोकिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो क्षेत्रमा सुरु भएको हिमपात रोकिएको छ भने थामे, त्याङबोचे,कोङदे, खुम्जुङ लगायतका क्षेत्रमा केहि मात्रामा हिमपात भएको छ ।

यस्तै जिल्लाको सदरमुकाम सल्लेरी सहित आसपासका क्षेत्रमा बर्षात भएको छ । बर्षात भएसँगै स्थानियबासी भने खुसी भएका छन् । हिउ तथा बर्षातले बालीनाली लगाउन उपयुक्त हुने भन्दै स्थानियले खुसी ब्यक्त गरेका छन् ।
अघिल्लो बर्ष पुस तेश्रोे साताबाट हिउ पर्न थालेको भएपनि यस बर्ष पुस पहिलो सातामै हिमपातको सुरुवात भएको हो ।

यसैबीच, खुम्बु सहित जिल्लाको तल्लो क्षेत्रमा समेत चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।  हिमपात र बर्षात भएसँगै चिसो झनै बृद्धि भएको महसुस भएको सल्लेरीका दावा शेर्पाले बताउँनुभयो । चिसो बढेसँगै सदरमुकाम सल्लेरीका बासिन्दाहरु घर भित्र तथा सडकको समेत ठाउँ÷ठाउँमा आगो फुकेर ताप्न थालेका छन् ।
तस्विर ang pasang sherpa lamaकाे फेसबुक बाट
-Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय