काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एवं सङ्गीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को विद्यामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन् ।

विगत लामो समयदेखि साङ्गीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोस्टद्वारा आयोजित “सातौँ मनास्लु राष्ट्रिय अवार्ड – २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो ।

मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर विशिष्ट आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौँ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशील रहँदै राष्ट्रलाई विशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जीवनी एक तारा (भाग ७) को विमोचन गरिएको थियो ।

अवार्ड प्राप्त गरिसकेपछि उनले आफूलाई थप जिम्मेवारी बोध भएको र आफूलाई भाग्यमानी महसुस भएको बताए । माझिले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गीत, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनी विभिन्न संघ संस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भईसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए । उनलाई बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्म अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान दिइएको थियो ।

त्यसै गरी छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय