-नविना भण्डारी ,जापान
यहाँ म सोच्थे कि मान्छेहरु सुसाइट किन गर्छन होला झन त्यो पनि जापानमा कसरी सक्छन होला ? आफ्नो अमूल्य जिन्दगि खेर फाल्न । म त सुसाइड गर्ने कुरा सोच्न पनि सक्दिन होला, मान्छेहरु कसरी मैले सोच्न पनि नसक्ने कुरा गर्छन होला तर त्यस्तो हैन रैछ जब मान्छेलाई समस्या पर्छ नि तब मात्र थाहा हुने रैछ कि दिनदिनै मर्नु भन्दा एकैपटक मर्नु ठिक भनेर परदेश आएपछि हामि साच्चै अर्कै दुनियाँम हुने रैछौ जहाँ विहान उठ्दा घाम हैन काम अगाडि आउछ अनि राति भएपछि जून हैन आफ्नो परिवार अनि गाँउ घरको याद आउँछ नेपालमा हुँदा संगैंका साथिहरु जापान अमेरिका पुगिसके आफू नेपालमै छु साथिहरु महिनाको लाखौँ कमाउने भइसके आँफूचाहि केहि गर्न पैसा चाहियो भने बाबा आमालाई गुहार्नु पर्छ । कहिले काँहि यहि कुराहरुले गर्दा आँफै संग रिस उठ्छ साथिहरु आईफोन चलाउछन आफु त्यहि नोकिया मोवाइलमा ब्यालेन्स राख्नलाई पनि बावा संग पैसा माग्नु पर्छ । यो सबै कुराहरुले आफूले चाहि केहि गर्न नसकेको जस्तो अनुभव हुन्छ जीवन देखिनै दिक्क लागेर आउछ अनि विदेश जाने योजना बुन्झौं ।
हामिहरु विदेश गएका साथिहरुको रमाइलो जीवन अनि फेसबुक र ईन्टामा सजिएका कलरफूल फोटोहरु देख्न थाल्छौ, अनि सपना सजाउछौँ मनमा म पनि विदेश जान्छु अनि प्रगति गर्छु । साथिको जस्तै रहर लाग्दो जीवन विताउँछु । तर हेर्दा जस्तो रहर लाग्दो देखिन्छ नि त्यतिनै कहालि लाग्दो हुन्छ यो परदेशि शहरमा । आजसम्म परदेशी भूमिमा कयौँ समस्या अनि दुःख हुदाहुदै पनि समस्याहरुसंग जुध्दै हरेक कुरामा आफूलाई सकारात्मक अनि बलियो बनाएर परिवारको अगाडि सधैँ खुसि भए झैँ गरेर जीवन चलाउँदै आएको छु । भविष्यको चिन्ता एकातिर घर परिवार अनि नेपालको यादहरु अर्कोतिर । त्यति मात्र कहाँ होर आफु भएर पनि घरमा आफु भएको नभएको एकै भएको छ । भविस्यको खुसि या विडम्वना, बाध्यता भनौ कि रहर, तर जे भएपनि वर्षौदेखी म पनि परदेशमा आफ्नो पसिना बेचिरहेकी छु र सधैँ आफूलाइ यतिकै स्ट्रोगं वनिरहुँ भन्ने चाहाना छ र मलाई यो पनि थाहा छ कि मजस्ता हजारौ परदेशीहरुको जिवन मेरो भन्दा अझ बढि कस्टकर अनि दुःखदायी छ ।
सुर्योदयको देश भनेर चिनिने देश जापान ठूला ठूला रहरहरु अग्ला अग्ला घरहरु मात्र हैन महङ्गी पनि त्यस्तै छ यहाँ । कयौँ सहरका गल्लीहरु हुन्छन नि त्यो भन्दा वढि अभावका गल्लिहरु पनि यहाँ छन । साच्चै नै आजकाल हामिहरु रहरले भन्दा पनि कहरले अनि जिम्बेवारिले गर्दा नै सब कामहरु गरिरहेका हुन्छौँ ।
आजकाल हाम्रो जीवनमा सुरुवातमा रहर भएपनि त्यहि रहरहरु विस्तारै विस्तारै बाध्यता बनिरहेको हुन्छ । दिनभरि काम गरेर घरमा आएर एकछिन मोवाईल चलाउनुपर्छ,कहिकतै नेपालको बारेमा नराम्रो खवर पो आएको देखिने होकि भनेर डराउदै चलाउनु पर्छ । फेरी साथिहरुको मेसेज आउछ, तलाइत क्या मज्जा छ है, कोरोना आएपनि के भयोर त्यहाँ त घुमेकि छेस मज्जाले, भनेर तर उनिहरुलाई के थाहा अलिकति फुर्सदको समय भयो भने त्यो समयमा नेपालमा आफ्नो परिवारको यादले कति सताउछ भनेर ? त्यो समय एक्लै रुममा बसेर आफूलाई कमजोर बनाउन भन्दा बाहिर घुम्न जान्छु भन्ने कुरा, कति धेरै समस्याहरु हुदाहुदै पनि मठिकै छु भन्नुपर्छ ।
यो विदेशको ठाउँमा आकाशमा उड्ने चरिलाईत आफ्नो घरको याद आएर साँझ परेपछि घर फकिन्छ भन्छन, हामित झन मान्छे हो, विदेशमा पैसा कमाउन नसकिने हैन सकिन्छ तर त्यो कमाइको निश्चित मूल्य तिर्नु पर्छ । सुरुवातमा जापान आउदा भाषागत समस्या अनि मनमा सोच हुन्छ भाषा जान्न पाएत काम जतिपनि पाइन्छ । केहि समस्या हुन्न, त्यो सोच्दा सोच्दै छ महिना बर्ष जान्छ अनि फेरी कलेजको शूल्क तिर्ने समय हुन्छ अर्कोतिर घरबाटपनि अबत गएको १ बर्ष हुन लाग्यो पैसा पठाउने हैन भनेर सोध्न थाल्ने गर्छन् ।
हामिहरु धेरैजसो जापान आउने बेलामा परिवारको पैसा भन्दा पनि ऋण लिएर आएका हुन्छौ त्यो पैसा फिर्ता गर्नुपर्ने छुट्टै दबाव र तनाव हुन्छ । यस्तै अनेक समस्याहरुले झेलिएको हुन्छ जिन्दगी, अनि कसै गर्दा पनि समस्या समाधान नभएपछि धेरैमा थप तनाव र चिन्ता थपिन्छ । यहाँ नेपालमा जस्तो सजिलो छैन, यहाँ कसैसंग केहि समस्या सुनाउदा पनि खासै सहयोग पाइदैन । पहिला सधैजसो फोनमा गफ गर्ने साथिहरु समस्या सुनाएपछि मेसेज फर्काउन त परै जाओस् हेर्न पनि छाडिदिन्छन । यस्ता साथिहरु मेरो पनि नभएको हैन ।
घरमा अनेक समस्या, अर्काको घरमा बसेको भाडा तिर्न समस्या, घरका अरुअरु हरेक समस्याहरु देख्दा देख्दा दिक्क भएर अबत अतिनै भयो भयो मैलेपनि केही गर्नपर्छ परिवारको लागि भनेर जापान आएको म यहा आएर साथिहरुसँग हावा कुराहरुमा लागेर परिवारले मतलव नगर्ने गर्न थालेको छु । एकदिन दुइदिन गर्दा गर्दै मलाई परिवारको खासै मतलव हुदैन । पहिला हप्तामा दुइतिन पटक परिवारको फोटो पोष्ट गर्ने म आजकल महिनौ हुदाँ पनि खासै मतलव छैन । किनकि मलाई परिवार भन्दा पनि बाहिरको मान्छे अनि साथिहरु प्यारा लाग्न थालेका छन । यस्तै यस्तै हुन्छ यहाँ, अनि त्यहि साथिहरुबाट कोहि एकजना संग मित्रतामामा अगाडी वाडिन्छ अनि अरुकोहि चाहिदैन उ नै भए हुन्छ भन्ने हुन्छ ।
परिवार अनि साथिहरुको खासै मतलब हुदैन । फुर्सद भएसम्म फोनमानै व्यस्त अरुहरु सवैलाई वास्ता नगरेर यसो गर्दा गर्दै सवै साथि अनि आफन्तहरु टाढा भइसकेका हुन्छन । रुम मेटसँग पनि त्यस्तो व्यवहार देखेर कोठा सर्ने देखि अनेक बहस सुरु हुन्छ । अनि एक्लै भइन्छ सम्वन्धमा पनि फाटो आउँछ अनि सुरु हुन्छ तनाव कोठाको साथिले पनि उसको बानि व्यवहारले गर्दा खासै मतलब गर्दैन । काममा पनि पहिला पहिला फुर्सद हुने वितिकै फोनमा बोल्ने गएको भएर खासै कोहिपनि बोल्न खोज्दैनन । रुममा पनि एक्लै, साथिहरुले पनि खासै मतलव गर्दैनन । कोहि नभएको जस्तो हुन्छ । जताततै बाट समस्यानै समस्याले घेरिएको जस्तो हुन्छ । कुनै विकल्प नै भेटिदैन पहिले सबैलाई बोझ देख्ने मान्छे कसैको मनमा बोझ बनेर हैन जरुरत बनेर बस्न पाए हुन्थ्यो जस्तो हुन्छ ।
यतिकैमा नचाहाँदा नचाहाँदै डिप्रेसनको सिकारमा परिन्छ । किनकि खुसि दिन्छु भनेर आएको मान्छेले नै पिडा दिएको हुन्छ । अरुले मन दुखाउदा जसलाई सुनाउने गर्थे सुन्ने मान्छेलेनै मन दुखाएर गएको छ । मर्नु भन्दा अरु विकल्प नै छैन, जसको चाहाना अनुसार आफूलाई परिवर्तन गर्दा गर्दै सारासंसार बाट एक्लो भएको हुन्छ, मृत्यु पछि ओडाएको सेतो कपडा जस्तो भएको हुन्छ खुसिहरु पनि, न महसुस गर्न सकिने नत यथार्थतामा रमाउन । पहिला खुसि हुँदा देख्ने साथिहरु अनि आफन्तहरु अहिले रुदा कसैले पनि देख्दैनन । हाँसो सवैले देख्छन हाँसो भित्रको दुःख कसैले देख्दैनन ।
दुःख अरुलाई देखाउन खोज्न भनेको कमजोरी देखाउनु हो भन्ने मान्छे फेसबुक र ईन्स्टामा दुःखी र पिडादायक स्टाटस हाल्ने अवस्थामा पुग्छ अनि टिकटकमा डिप्रेसन वाला भिडियोहरु पोष्ट गर्छ । किनकि यहाँ उसको लागि लाग्छ सोसल मिडिया भन्दा अरु कोहि साथिनै बाकी छैन । जब मन मर्छ नि तब जिन्दगीनै फिक्का फिक्का लाग्न थाल्छ । यस्तै यस्तै सोच्दा सोच्दै डिप्रेसनमा गुजरिएको हुन्छ अनि सोच्न थाल्छ टाउकोमा बाधिएको नाम्लोले जिन्दगी नचलेपछि घाटीमा बेर्न ठिक भनेर अनि अन्तिम निर्णय आत्महत्या गर्ने बन्छ । यस्तै यस्तै घटनाहरु धेरैनै हुन्छ जापानमा तर एउटा समस्या नै जीवनको निर्णय हैन हैन । कसैले धोका दिदैमा कुनै ठूलो समस्या पर्दैमा प्राण त्याग्ने निर्णय रोज्नु भनेको मूर्खता मात्र हो ।
सम्वन्धको कारणनै कुरा गर्ने हो भने जन्म दिएर कतिगरेर हुर्काएर यहा सम्म लेराउने आफ्नो परिवारलाई छोडेर यहाँ आएर उहाँहरु विना जिन्दगि चलेको छ भने यहाँ आएर बिचमा भेटेको मान्छेहरुले छोडेर जादैमा आत्महत्या नै गर्नु पर्छ र ? अर्को कुरा समस्याहरु जव आउछनि संगै समाधानका विकल्पहरु पनि आएका हुन्छन, मात्र धैर्य गर्नु सक्नुपर्छ । समस्या केहि समयपछी आफै समाधान हुन्छ त्यहि भएर समस्या भयो भन्दैमा आत्महत्याको बाटो नरोजौं । समाधानका अनेक विकल्प र सुन्दर जीवन अगानी आउननै बाँकी रहेको हुन्छ ।
कति मान्छेहरु बाँच्न चाहेर पनि बिविध कारणले बाँच्न पाएका छैनन । भगवानले दिनु भएको यो अमुल्य जिन्दगी जस्तो सुकै समस्या तनाव आइपरे पनि त्यसलाई खुशी खुशी स्विकार गर्दै अगाडी बढौं । नराम्रो दिन एकदिन आउला सधै नराम्रो दिन आउदैन । भनिन्छ नि अध्यारो पछि उज्यालो पक्कै आउछ । आत्महत्या समस्याको समाधान हुँदै होइन त्यस्तो नराम्रो निर्णय लिनु अगाडी सबैले एकपटक शान्त भएर सोचौं ।