शेर्पा इतरका मान्छेहरुले शेर्पा भन्ने वित्तिकै प्रायः हिमाल आरोही, हिमाल नजिकैको वासिन्दा, ट्रेकिङ व्यवसायी वा बिदेशीसंग काम गर्ने पेशाकर्मीको रुपमा बुझ्दछन् । यो केही हदसम्म जायज पनि हो किनकी हिमाली क्षेत्रका वासिन्दा शेर्पा समुदायको रोजाइमा अझै पनि पर्वतीय पर्यटन सम्बन्धि पेशा नै परेको देखिन्छ । देशको पर्यटनको पर्यया बनेका शेर्पाहरु अन्य पेशा व्यवसायमा पनि नभएका होइनन् तर तुलनात्मक रुपमा कम छन् । यो लेख शेर्पाहरुको रोजाइको हिमाल आरोहण, ट्रेकिङ वा पर्यटन पेशा भन्दा अलग काममा संलग्न थोरै शेर्पा युवाहरुमध्येमा पर्ने स्व। कनुरी शेर्पाको हो । उनी हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम गाँऊ दिमिलका बासिन्दा थिए र उनी आफ्ना आफन्त वा छिमेकीहरुले भन्दा नितान्त नौलो काममा थिए । उनको अलग पेशा थियो क्यामेराम्यान वा सिनेमाटोग्राफी ।

कनुरी आफ्ना आम साथिहरु भन्दा नितान्त नौलो काममा मात्र संलग्न थिएनन् उनी के गर्दै छन् भन्ने धेरैलाई थाहा पनि हुदैन थियो । साथीभाईको भन्दा उनको काम मात्र फरक थिएन उनको जीवन जिउने तौरतरिका पनि फरक थियो । उनी धेरै कम बोल्ने, समाजको गज्याङ्मज्याङबाट टाढै रहने अन्तरमुखि स्वभावका थिए । मैले उनलाई भरखर चिनेको बखत नजिकका साथिभाईलाई उनिबारे सोध्दा ‘खै उ त के गर्छ की, उ हामी भन्दा अलिक टाढै बस्छ थाहै हुन्न’ भन्ने जबाफ पाँउथे । उनलाई सोधिखोजि गर्नुको कारण चाँही मलाई मेरो र कनुरीको गा. वि. स. टाप्टिङ्ग हाल सोलु दुधकुण्ड १० को माध्यामिक बिद्यालय सोल्नासामा लाइब्रेरी बनाउन सहयोग गर्ने विदेशीले सो कामको भिडियो खिच्न एक क्यामेराम्यानको खोजि गरेकोले थियो । हामीलाई उच्च व्यवसायिक क्यामेराम्यान भन्दा पनि सकेसम्म सोलुखुम्बु वा स्थानीय ठाँउको ज्ञान भएको क्यामेराम्यान चाहिएको थियो । आखिर सम्बन्धित स्कुलकै पूर्व विद्यार्थी कनुरीले भिडियो क्यामेरा चलाउन जान्दछ र हाम्रो कामको लागि उनी उपलब्ध छन् भन्ने जान्दा म आफै दंग परेको थिएं ।

नार फु ग्लेसियर मनाङ्ग ४७०० मिटरको उचाइमा काममा व्यस्त कनुरी शेर्पा

कामकुराको टुङ्गो भएपछि हाम्रो टोली फाप्लु एरपोर्टमा ओर्लेका थियौं ठ्याक्कै मिति थाहा नभए पनि यो २०६६ साल तिर हो । सोल्नासा स्कुलमा लाइब्रेरीको लागि कोठा जनप्रीय मा। वि।ले उपलब्ध गराएको थियो भने आवश्यक फर्निचर, प्रसस्त किताबहरु र एक जना लाइब्रेरियनको लागि तलब समेत मेरो पहलमा हाल अस्तित्वमा नरहेको एचइडी भन्ने संस्था मार्फत गरिएको थियो । जनप्रीय मा। वि। टाप्टिङ्ग सोल्नासाको उक्त पुस्तकालय सम्भवत सो क्षेत्र ९हाल स.दु.न.पा. ८,९ र १० वडाहरुमा पहिलो थियो । उक्त उदहाराणीय कामको पछि छिमेकी गाँऊ र विद्यालयहरुमा अनुकरण पनि गरिएको थियो ।

पुस्तकालय स्थापना कार्यक्रम लगायतको भिडियो लिनु कनुरीको काम थियो । उनले राम्रो मेहनत गरेर भिडियो खिचेका थिए तर हामीले त्यसलाई कतै प्रकाशित पनि गरेनौ उक्त कामको छोटो समयपछि कनुरीको मृत्युसंगै भिडियो पनि हरायो, खोजीनिति भएन । आफ्नै गाँऊको स्कुलको भिडियो लिने बेला जति उत्साहित हुदै लिइयो पछि खोजिनिति गर्न भने चासो दिइएन । तर त्यतिबेला एक हप्ता जति संगै काम गर्दा कनुरी शेर्पा नेपालका शेर्पा समुदायबाट पहिलो व्यवसायिक सिनेमाटोग्राफर हुन भन्ने मलाई थाहा भयो । कुराकानीका क्रममा उनले सामन्य भिडियो क्यामेरा मात्र नभै ठूलो स्क्रिनका सिनेमा खिच्ने क्यामेरा पनि चलाउन जान्ने र केही त्यस्ता फिल्ममा सहायक क्यामेराम्यानको भूमिकामा काम गर्दै गरेको पनि थाहा भयो । मलाई थाहा भएसम्म उनले आफूले काम गरेका कम्तीमा पनि तीन वटा जति ठूलो पर्दाको फिल्मको नाम लिएका थिए त्यसमा माओवादी द्वन्दमा आधारित फिल्म एउटा थियो । उनले कामगरेको उक्त फिल्म राम्रो चलेको पनि थियो तर म आफै फिल्म हेर्ने शौखिन नभएकोले हेर्न भने गएको थिइनं । त्यसैले त्यो कुन फिल्म हो भन्ने याद पनि भएन । उनले जीविकाको लागि तेतिबेला खुलेको एक समाचारमुलक टिभि च्यानलमा पनि केही समय काम गरेका थिए ।

एक हप्ता जतिको कामको शिलशिलामा कनुरी शेर्पा म र साथमा रहेका अमेरिकी पर्यटक जिम बीच थप नजिकको मित्रता भएको थियो । शेर्पा भाषाको फिचर फिल्म बनाउने उसको सपना बताएको थियो । क्यामेराम्यानको रुपमा लामो संघर्ष गरेको उनले त्यहि पेशा अंगाल्ने पनि बताएको थियो । हाम्रो यात्रा-कामको अन्तमा विदेशी पर्यटक जिमले के सहयोग गरौं भन्दा मैले कनुरीलाई सोधेको थिएँ के आवश्यक छ रु अनि कनुरीको इच्छा अनुसार सकिन्छ भने उस्लाई एउटा भिडियो क्यामेरा किनिदेउ भनेको थिएँ । जिमको लागि सकेसम्म सस्तो तर कनुरीको लागि सकेसम्म राम्रो सोनीको भिडियो क्यामेरा तत्कालिन बजारभाउमा तीन हजार पाँचसयको डलर जत्तिमा पाइने थाहा भयो र त्यो क्यामेरा कनुरीले उपहार पाएको थियो । उनले बेच्न नपाउने र हामी तीन जना बीच समझदारी गरी क्यामेरा चलाउन पाउने शर्त थियो । त्यसपछि केही समय आक्कल झुक्कल हाम्रो भेट भएपनि कामको लाइन फरक हुदाँ र हामी दुवैको बानीले पनि होला हामी बीच तेति धेरै भेटघाट भएन । फाट्ट फुट्ट भएका केही भेटमा उनले पुतलीसडक न्युप्लाजा छेउतिर अफिस रहेको र केही भिडियो रेकर्डिङ र फिचरफिल्ममा काम गरिरहेको बताउथ्यो ।

विश्वकै सबै भन्दा अग्लो स्थानको क्यानोनिङ मनाङको नार फु (समुद्र सतहबाट ५००० मिटर) क्षेत्रमा भएको क्यानोनिङमा क्यामेराम्यानको रुपमा रोजगारी दिन एनसिएलाई मैले नै अनुरोध गरेको थिँए । उनलाई विदेशी मित्रबाट प्राप्त सोनी क्यामेराले खिचिएको त्यो दुर्लभ डकुमेन्ट्रीलाई नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा ११ देशका विदेशी क्यानोनरहरु सहभागि रहेको अन्तराष्ट्रिय क्यानोनिङ रन्दिभू स्याङ्गे, लम्जुङमा प्रदर्शन गरिदा सबै सहभागिले उच्च तारिफ गरेका थिए । -अम्बर तामाङ

कनुरीलाई सकेको सहयोग गर्ने सन्दर्भमा नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा नेपाल क्यानोनिङ्ग एसोसिएसन (एनसिए) को नेपाली टोलीले गर्न लागेको विश्वकै सबै भन्दा अग्लो स्थानको क्यानोनिङ मनाङको नार फु (समुद्र सतहबाट ५००० मिटर) क्षेत्रमा भएको क्यानोनिङमा क्यामेराम्यानको रुपमा रोजगारी दिन एनसिएलाई मैले नै अनुरोध गरेको थिँए । उनलाई विदेशी मित्रबाट प्राप्त सोनी क्यामेराले खिचिएको त्यो दुर्लभ डकुमेन्ट्रीलाई नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा ११ देशका विदेशी क्यानोनरहरु सहभागि रहेको अन्तराष्ट्रिय क्यानोनिङ रन्दिभू स्याङ्गे, लम्जुङमा प्रदर्शन गरिदा सबै सहभागिले उच्च तारिफ गरेका थिए ।

कनुरी शेर्पाले लिएको video मा देख्न सकिने नार फु ग्लेसियर मा क्यनोनिङ्ग गर्दैको दृश्य फोटो नेपाल क्यनोनिङ्ग एसोसियसन NCA

यसै बीच सन् २०११ को डिसेम्बर अन्तिम हप्ता सायद क्रिसमस वा त्यसकै आसपासमा पर्यटन सम्बन्धि एउटा कार्यक्रम हिमालय होटल ललिपुरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को प्रतिनिधित्व गरी म पुगेको थिएँ । त्यस्तो बृहत कार्यक्रममा जाने कमै मौका पाउने म त्यो दिन त्यो सभामा तेति उत्साहित थिइँन । तैपनि औपचारिकताको लागि एकदुई चिनेका र धेरै नचिनेका पर्यटनका दिग्गजमाझ एडजस्ट हुदै गर्दा मेरो फोनको घण्टी बजेको थियो । फोन संगै काम गर्ने भिम जिको रहेछ । उसले अलिक हतारिदै भन्यो ‘कनुरी शेर्पा भन्ने तिम्रो चिनेको भाइ होइन रु उ एक्सिडेन्टमा परेको जस्तो छ, सोधखोज गर १ ’ सत्य नभए हुन्थ्यो भन्ने समाचार सुनेको केही समय पछिको निरन्तर फोन कुराकानीबाट कनुरी शेर्पा काठमाडौंबाट बुटवल जाँदै गर्दा उनीसहितको सुटिङ्ग युनिट चढेको गाडी दुर्घटनामा परेको, उनलाई भरतपुर अस्पताल ल्याइएको र डाक्टरहरुले उनलाई मृत्यू भइसकेको घोषित गरेको अत्यन्त दुखद समाचार सुन्न बाध्य भएँ । भोलिपल्ट हाम्रो सर्कलमा बिहानैदेखि कनुरीको मृत्यूको चर्चा भएको थियो । उसको शबलाई पोष्टमर्टमको लागि टिचिङ्ग हस्पिटल ल्याइएको थियो । टिचिङ्ग हस्पिटलको प्राङ्गनमा हामी उसको शुभचिन्तक र परिवार भेला भएका थियौं । साथीभाइमा हाम्रो छिमेकका सबै जसो थिए । खासगरी अगुवा र बोल्न सक्नेहरु उपस्थित हुन भनिएको थियो । कारण उसलाई कामको शिलशिलामा मृत्यूभएकोले क्षतिपुर्ति तथा बीमा दिलाउनु थियो । उक्त समयमा चलचित्र प्राविधिककर्मीहरुको संघका अध्यक्ष अग्रज चलचित्र श्रीङ्गारकर्ता शन्तु तामाङ, मित्र डिजे तेञ्जिङ र गाँउका थुप्रै अगुवाहरुले कनुरीको पक्षमा थुप्रै बहस र सहयोग गर्नु भएको थियो । सायद दुईदिनसम्मको प्रयास पछि कनुरी शेर्पाको परिवारलाई उक्त सुटिङ प्रोजेक्टको व्यवस्थापन पक्षले उचित क्षतिपुर्ति दिने भएपछि कुरा मिलेको थियो ।

जन्म पछि मृत्यू हुनु स्वभाविक नै भएपनि कनुरी शेर्पाको मृत्यू अत्यन्त हृदयविदारक थियो । सुटिङ्ग युनिट चढेको गाडी दुर्घटनाका बेला उनी एक्लै गाडीको पछिल्तिर भएकोले गाडी भित्तामा ठोकिदा सुटिङ्गकै सामान उछिट्टिएर उनलाई मात्र गम्भिर चोट लागेको र उसको मृत्यू भएको भनिएको थियो । बाँकी यात्रीलाई केही भएको थिएन । त्यतिबेला उसको छोरी डोल्मा ९ महिनाकी मात्र भएकी थिई । उसको एकमात्र भाईको पनि मृत्यू भएको केही वर्ष मात्र भएको थियो । बुवा आमा बृद्ध भईसकेका र एकजना बहिनी पनि मानसिक रोगका कारण दैनिक जीवन निर्वाहमा चुनौति झेलिरहेकी थिई । यसरी बेसहारा शेर्पा परिवारको एकमात्र सहाराको पनि निर्मम मृत्यू कम्ती हृदयविदारक थिएन । कनुरीको मृत्यु पश्चात शवलाई टिचिङ्ग हस्पिटल ल्याउने, शेर्पा गुम्बा लाने, सत्गत्को व्यवस्था गर्ने सबै काममा उसको साथीभाइकै सहयोग थियो । उसले उपहार प्राप्त गरेको क्यामेरा पनि सहकर्मी कसैले जिम्मा लिएर केही रकम जुटाइएको थियो । साथीभाइ र आफन्तकै सहयोगमा उसको दहासंस्कार र काजक्रियाहरु गरिएको थियो ।

कनुरी शेर्पाको मृत्यू पछि पनि उनको परिवारमा दुःखको आगमनले छोडेन । छोटोसमयमै उस्को बहिनीको पनि दुखद मृत्यु भयो । उनकी श्रीमतीले पनि नावालक छोरीलाई छोडेर नयाँ जीवन रोजी भने उसको बाबा आमाले पनि संसार छाडेर गए । सौभाग्यवस कनुरीको अनाथ हाल १० वर्षे छोरी ३ कक्षामा पढ्छिन । उनको अभिभावकत्व र सौभाग्य दिने दिमिलकै स्थानीय वासिन्दा दिमिल आधारभूत विद्यालयकी पूर्व शिक्षिका ङिमी शेर्पा र उनको श्रीमान एवं हिमाली सन्देशका सञ्चालक हाल कोरिया रहेको गेल्छिरी शेर्पाले गरिरहेका छन् ।

दुध्कुण्ड सोलुखुम्बुमा कनुरी शेर्पा – फोटो अम्बर तामांग

जुनसुकै पेशा वा क्षमताका भएपनि मानिस आखिर मर्नु नै पर्दछ । त्यसो हुदाँ सामान्य क्यामेराम्यान कै मृत्यूको त्यो पनि एक दशक भन्दा धेरै लामो समयपछि यसरी चर्चा गर्नु त्यति जरुरी थिएन । तर शेर्पा समुदायको अधिकांश युवाहरुले रोज्ने परम्परागत पेशा भन्दा अलिक फरक पेशामा जान खोजिरहेको र विस्तारै त्यसमा स्थापित हुन खोजिरहेको एक संघर्षशील युवा जस्को आफ्नै समुदायको बारे एउटा ठूलो पर्दाको फिल्म बनाउने सपना अनि अरु अनगिन्ती सपनाहरु पनि कनुरीसंगै मरेर जाँदा उनको नजिकको साथी भएको नाताले मलाई पनि आजसम्म दुखि बनाइरहेको छ । अझ अल्पआयुमा उस्को भौतिक शरीर र सपना मात्र होइन सपरिवारकै दुखद अन्त्य हुदाँ पक्कै पनि सबैलाई दुःख लाग्दछ । एउटा नितान्त फरक पेशा सिनेमाटोग्राफिमा हात हालेका उनलाई सायद नेपालको ९नेपाल बाहिर पहिल्यै कोही यो पेशामा हुन पनि सक्ला० पहिलो शेर्पा सिनेमाटोग्राफरको रुपमा सायद शेर्पा समुदायले उनलाई सम्झनु उपयुक्त नै हुनसक्छ । शेर्पा संघ सस्था बिशेषगरी स्थानीय दिमिल वा टाप्टिङ क्षेत्रको संस्थाले उनको सम्झनामा केही अर्थपूर्ण काम गर्न सक्दछ । यसो गर्दा सायद परिवारको दुखद विगतको कहानी आत्मसात् गर्न बाध्य कनुरी शेर्पाको एक मात्र छोरी डोल्मालाई भविष्यमा आफ्नो जीवन जिउन ठूलो प्रेरणा मिल्न पनि सक्ला भन्ने ध्ययले यो लेख तयार गरिएको हो । यस तर्फ सम्बन्धित क्षेत्रको संघ संस्था तथा व्यक्तिहरुले थप चासो दिओस भन्ने चाहान्छु ।

कनुरी शेर्पाको छोरी डोल्मा शेर्पा – फोटो निमि शेर्पा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय