नवनिर्मित क्यामा दोङाग् थेक्छेन छ्योलिङ गुम्बामा आगमी मंसीर १३ र १४ गते दुईदिने भव्य उद्घाटन समारोह हुने भएको छ।
परम पूज्यनीय धर्म गुरु पेमा थार्छेन रिन्पोक्षे ज्यूको प्रमुख आतिथ्यतामा आयोजित यस समारोहमा गुम्बाको प्राण प्रतिष्ठा, रत्नसमुच्चयको विधिबाट आयु अभिषेक, र विभिन्न धार्मिक अनुष्ठानहरू गरिनेछ।
श्रद्धालु भक्तजनहरूका लागि दुद्ज्योम छ्योच्योद, थुक्जे छेन्पो, ङेतोन ङिङ्पो तथा शिठो रङसलको आगम र शरण गमनको शील प्रदान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।