काठमाडौँ, असोज २२ । नेपाल तथा विश्वका विभिन्न देशमा छरिएर रहेका शेर्पाहरुको प्रथम भेला काठमाडौँको र्याडिसन होटलमा सम्माननिय प्रधान मन्त्री शेर बहादुर देउवाले गर्नु भएको छ ।
३ दिनसम्म हुने सम्मेलनमा विभिन्न देशमा छरिएर रहेका शेर्पाहरु सहभागी रहेका छन । आजको उत्घाटन सत्रमा सवै देशका शेर्पाहरु आफ्नै मौलिक पहिरणमा सजिएर आएका थिए ।
कार्यक्रममा उपस्थित विभिन्न देशका प्रतिनिधि एव अतिथिहरुले शेर्पा भाषा, कला, सांस्कृतिको संरक्षण गर्नु पर्ने, शिक्षा, स्वास्थ्य, राजनितिमा पहुच बृद्धि गराउन योजनाहरु बनाएर लागुपर्ने बताए भने विदेश अध्ययन एव रोजगारीको शिलशिलामा गएका शेर्पाहरुले के सिकेर आए भन्ने कुरा पनि एक आपासमा जानकारी दिए राम्रो हुने बताएका थिए । शेर्पा समुदायको युवाहरु धेरै विदेशिने क्रम जारी भएकोले गर्दा ३ दिने विश्व शेर्पा सम्मेलनले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु पर्नेछ ।
कार्यक्रममा २०७२ सालको भुकम्पमा सहयोग गरेकाहरुलाई गरेको थियो भने स्थानिय चुनावमा निर्वाचित शेर्पा प्रतिनिधिहरुलाई पनि सम्मान गरेका थिए ।
३ दिनसम्म हुने विश्व शेर्पा सम्मेलनको उत्घाटन होटल रयाडिसनमा आज भएकोृ छ भने २ दिन सोमबार र मंगलबार बौद्ध स्थित शेर्पा सेवा केन्द्रमा हुने आयोजकले जानकारी दिएको छ ।
विश्व शेर्पा सम्मेलनले विश्व भर रहेको शेर्पाहरुमा एकरुपता ल्याउन र भाइचाराको नाता कायम गर्न सफल हुनेछ ।