समुद्रि सतहबाट २८०० मिटर उचाइमा रहेको सेर्लो गुम्बा धार्मिक, सांस्कृतिक र प्रकृतिक सुन्दरताले भरिभराउछ । उचाइमा रहेको यस गुम्बाबाट विहानै नुम्बुर हिमाल मुस्कुराइ रहेको देख्न सकिन्छ । वरिपरि डाडाँहरुले ढाकिएको गुम्बाको आफ्नै महत्व रहेको छ । विभिन्न जिल्लाहरुबाट टुल्कु पेमा थारचिन रिन्पोचेको दर्शन गर्नका लागि भक्तजनहरु आउने गर्छन । मनै शान्त बनाउने यस गुम्बामा जो कोही गएपनि शान्तिको अनुभव गर्ने गर्छ । धार्मिक पाठपुजा, सुमधुर धुनले सवैको मन तान्ते गर्छ । यस गुम्बामा बुद्ध जयन्ति, मासिक दशमी पुजा, निउने, डुक्पा छेचि पुजा हुने गर्छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र सेर्लो गुम्बा रहेको छ ।


गुम्बाको स्थापना १९५९ सालमा लामा खेम्पो साङ्गे तेन्जिङ् रिन्पोचेले गर्नु भएको थियो । गुम्बा विशेषत बोद्ध धर्म अध्ययनका लागि स्थापना भएको हो । खेम्पो साङ्गे तेन्जिङ् रिन्पोचेको देहवास पछि टुल्कु पेमा थारचिन रिन्पोचेले गुम्बालाई सम्माल्दै आउनु भएको छ । गुम्बाको रेखदेख देखि लिएर व्यावस्थापन पक्ष पनि टुल्कुले नै सम्माल्दै आउनु भएको छ । विदेशी दाताहरुको सहयोग, स्थानियहरुको दानदक्षिण र टुल्कु आफ्नै प्रयासमा विभिन्न देश भ्रमणमा गइ आएको रकमले गुम्बामा अध्ययनरत १२० जना लामा विक्षुहरुको शिक्षा, स्वास्थ्य र खानपानको व्यावस्थापन गर्दै आउनु भएको छ । बौद्ध धर्म अध्ययनका लागि सोलुखुम्बु, रामेछाप, खोटाङ, भोजपुरबाट आउने गर्छन । हाल ६ जना प्रशिक्षकहरुले प्रशिक्षण दिदै आएको यस गुम्बामा बौद्ध धर्मको सेटा(स्नातक) सम्मको अध्ययन हुने गर्छ



२०७२ सालको महाभुकम्पले गुम्बामा क्षति पुगेको थियो । गुम्बा पुर्ननिर्माण कार्य अहिले पनि भइ रहेको छ । विभिन्न दाताको सहयोगमा गुम्बा पुर्न निर्माण कार्य भइ रहेको छ । सरकारी अनुदान भन्दा पनि विदेशी दाताहरु र दानदक्षिणबाट नै पुर्न निर्माण कार्य भइ रहेको गुम्बाका प्रमुख लामा टुल्कु पेमा थारचिन रिन्पोचे बताउनु हुन्छ । अहिले पनि क्षति भएको चैत्य (छ्योर्तेन) निर्माण कार्य जारी रहेको छ ।
जब हामी त्यहाँ पुग्यो त्यहा अध्ययनरत लामा विक्षुहरु शनिवारको छुट्टिको सदुपयोग गर्दै आआफ्नै कार्यमा व्यास्त थिए । साना साना लामा विक्षुहरु खेल्नमा व्यास्त थिए भने कोही सरसफाइ कार्यमा, केही खाना पकाउन प्रयोग गर्ने दाउराहरु ल्याउनमा । बेलुकीपख फुटबल खेल्न रुचाउने उनीहरुका लागि गुम्बाले फुटवल ग्राउन पनि निर्माण गरिदिएको छ । उनीहरुको अनुशासन, लगनशिलता, एकआपासमा भाइचाराको नाता देखेर उनीहरु प्रति हाम्रो मन तानिएको थियो ।
बौद्ध धर्ममा सत्य बोल्नु, दुखिको सेवा गर्नु, काटमार नगर्नु भन्ने बचन यस गुम्बामा हामीले देख्न सक्छौँ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय