–निनाम कुलुङ ‘मंगले’/ विश्वमा पर्यटन व्यवसाय संस्थागत ढंगले कहिले र कसले गरे ? भन्ने जिज्ञासा उठ्न सक्छ । त्यसैले यहाँ यसै विषयमा थोरै जानकारी दिने प्रयास गरएको छ । पर्यटन व्यवसाय संस्थागत रुपमा सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । सन् १८४१ मा बेलायतका पाँचसय जना नागकिहरु पर्यटकको रुपमा रेलमार्पmत आफ्नै देश (बेलायत) को ‘लेईस्टर वा लेईस्चर’देखि ‘लोउफब्रो वा लोउफबोरो’सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रुपमा भ्रमण व्यसाव अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए भने घुम्न निक्लने मानिसहरुको पर्यटकीय वा विदा मनाउनेबाहेक कुनै उदेश्य थिएन ।
त्यसैले विश्वले कुकको भ्रमण टोलीलाई पर्यटकको दर्जा वा भनौं मान्यता दिईएको देखिन्छ । कुकले संगठित रुपमा भ्रमण व्यसाव अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए भने घुम्न निक्लने मानिसहरुको पर्यटकीय वा विदा मनाउनेबाहेक अरु खास कुनै उदेश्य थिएन, कुनै उदेश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई गराएकोले उक्त भ्रमण टोलीलाई पहिलो ‘पर्यटकीय टोली’ मानियो ।

यसरी स्वदेशकै मानिसहरुलाई आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर थोमस कुकले ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए । सोही कारणले गर्दा उन (थोमस कुक) लाई पर्यटनको सुरुवातकर्ताका साथै पर्यटन क्षेत्रको ‘गड फादर’ अर्थात् पिता मान्ने गरिन्छ । तर, सुरुमा उनले उनले दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले सुरुमा उनले नाफा होइन, घाटा खाए । हुन पनि घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’को सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । उनले विगतको घाटाको व्यापारबाट सम्झेर, पाठ सिकेर उनले सन् १८४५ मा फेरि पाँच प्रतिशत कमिसन खाएर व्यवसाय सुरु गरेपछिका दिनमा पछाडि फर्केर हेर्नु परेन । यसरी विश्व पर्यटनको इतिहास हेर्दा लगभग एकसय ८१ वर्षअघि बेलायत निवासी थोमस कुकले १० जना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उदेश्यले घुम्न निस्किए यता विश्वका अधिकांश देशका अरबौं–अरब मानिसहरुले विश्वका अधिकांश देशको पर्यटकीय स्थल, ऐतिहासिक स्थल, मनोरम छटाहरु तथा सांस्कृतिक स्थल आदिको भ्रमण गरी सकेका छन् ।
सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकण र खुल्ला अर्थ व्यवस्थाको वकालत गरेको थियो । तापनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्न लायक कामहरु भने भएन । हुन त तत्कालीन श्री ५ को सरकारले केही गरेन त पर्यटनका लागि ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘नेपाल पर्यटन बोर्ड’को गठन हो ।

नेपाल सरकारले विदेशी पर्यटकका लागि ‘अन–अराईभल भिषा’को नीति लागू गरिसकेको र ‘भ्याक्सिनेसन भई सकेका विदेशी (कोरोना विरुद्यको खोप लगाई सकेका) पर्यटकलाई थप क्वारेन्टाइनमा बस्नुनपर्ने ’ नीति लिएको तथा विश्वमै कोरोना महामारीको दर पनि केही घट्दै गएकोले गर्दा राम्रै नतिजाको आशा गरौं

समग्रमा हेर्दा विसं २०६२/०६३ को तेस्रो जनआन्दोलनको राजनैतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढीरहेको थियो । त्यसो भए तापनि नेपाल आउने पर्यटकले गर्ने प्रति व्यक्ति, प्रति दिन, दैनिक खर्च र प्रति दिन, प्रति व्यक्ति नेपाल बसाई अवधिमा भने खासै सुधार हुन सकेको छैन । जबकि विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रति दिन, प्रति व्यक्ति दैनिक खर्च र उनीहरुको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेर उल्टै घट्दै गएको स्थिति थियो÷छ । तथापि सन् २०२० मा नेपालमा विदेशी पर्यटकले गर्ने प्रति दिन, प्रति व्यक्ति दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि पनि बढेको देखिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन, बसाई अवधि १५.१ दिन र प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर रहेको छ । यसरी हेर्दा अब हामीले अहिले विश्वव्यापी रुपमा फैलिएको र, विश्वका प्रायः सबै देश र ती देशका आम सर्वसाधारण जनहरुबीच ‘त्राही माम, त्राही माम !’ को अवस्थमा रहेको कोरोनाको महामारी (कोभिड–१९) ठीक अवस्थामा फर्किए पछि नेपाल भ्रमण गर्नमा आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्व त छँदैछ, साथमा गुणस्तरमा अभैm सुधार ल्याउन के गर्ने ? भन्ने सम्बन्धमा पनि हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्ने छ । बसाई अवधि बढाउने कुरोलाई पनि प्राथमिकतामा राख्नुपर्ने छँदैछ । कम्तिमा हामीले अब सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाई अवधि १५.१ दिन जुन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको जुन छ सो दर÷रेटलाई तत्कालै अरु बढी बढाउन नसके तापनि कायम राख्नका लागि प्रयासचाहिँ गर्नैपर्ने देखिन्छ ।

त्यसो त सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा भने जम्मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । साथै चालू आर्थिक वर्षको ८ महिनामा ६६ हजार चानचुन विदेशीहरुले नेपाल भ्रमण गरिसकेका छन् । यही आधारमा हेर्दा त सन् २०२१ को बाँकी ४ महिनामा कति पर्यटक नै नेपाल भ्रमणमा आउलान् र ! किटेर यसै भन्न सकिन्न । त्यही (आठ महिनाकै) दरमा आउने हो भने त यो वर्ष नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या एकलाख पनि नपुग्न सक्छ । तर, नेपाल सरकारले विदेशी पर्यटकका लागि ‘अन–अराईभल भिषा’को नीति लागू गरिसकेको र ‘भ्याक्सिनेसन भई सकेका विदेशी (कोरोना विरुद्यको खोप लगाई सकेका) पर्यटकलाई थप क्वारेन्टाइनमा बस्नुनपर्ने ’ नीति लिएको तथा विश्वमै कोरोना महामारीको दर पनि केही घट्दै गएकोले गर्दा राम्रै नतिजाको आशा गरौं

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय