शेर्पा इभेन्ट अर्गनाइजरले आफ्नो तेस्रो कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ।

संस्थाले हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरेको हो।  नवनिर्वाचित पदाधिकारीहरुमा मिङमार तेन्जिङ शेर्पा प्रमुख कार्यकारी निर्देशकको रुपमा चयन भएका छन् भने नुरु शेर्पाले अध्यक्षको जिम्मेवारी पाएका छन्।  त्यसैगरी, मिङमार डोल्मा शेर्पा उपाध्यक्षमा चयन भएकी छन्।

अन्य पदाधिकारीहरुमा आङ छिरी शेर्पा महासचिव तथा प्रवक्ताको भूमिकामा, दावा जाङ्बु शेर्पा सचिवको रुपमा र डोमा शेर्पा कोषाध्यक्षको रुपमा चयन भएका छन्। 

कार्यसमितिका सदस्यहरुमा छोग्याल शेर्पा, सोनि शेर्पा, फुर्दिकी शेर्पा, लाक्पा डोमा शेर्पा र फुर्दिकी शेर्पा रहेका छन्।  यस नयाँ कार्यसमितिले आगामी कार्यकालमा संस्थाको उद्देश्य र गतिविधिलाई अझ सशक्त रुपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय