ञ्युङन्या दुई शब्द ञ्युङ र न्या मिलेर बनेको हो । ञ्युङ भन्नाले अस्वस्थ  ‘शुद्ध’ र न्या भन्नाले बस्नु हो । ञ्युङन्या अर्थात् पूर्ण रुप्मा अस्वस्थ्य समान भई पालन गर्नुपर्ने मौनव्रत हो । बौद्ध धर्म अन्तर्गतको एउटा पूजा प्रर्थना विधिको रुपमा यसलाई हेरिन्छ । यसलाई बौद्धलम्बीहरुले नियमित रुपमा मनाउछन्, अभ्यास गर्छन । गोम्पा (गुम्बा) हरुमा विशेष रुपमा यो परम्परा लोकप्रिय कार्यक्रमको रुपमा मनाइरहेको पाइन्छ । ञ्युङन्या दीर्घायू, धनसम्पत्ति, सन्तानप्राप्ती जस्ता मनोकांक्ष पूरा गर्न नभई निशर्त रुपमा बस्ने चलन छ । मारकाट, चोरीडकैत, मदिरा, लोभडाहा, मोह परित्याग गरी बस्नुलाई नै शाब्दिक अर्थमा ञ्यूङन्या हो । हिजोआज आठ जोर ञ्युङन्याको व्रत मनाउने ब्रतालुहरुको क्रमिक रुपमा कमि हुँदै गएको भएपनि दशैका बेलामा १ (एक) जोर चाँहीप्रायःजसो सबै गोम्पामा मानेर देवदेवीपर्वोत्सवको नाममा अकालमा ज्यान गुमेका पशु प्राणी सबैले सुगति प्राप्त गरुन भनी कामना सहित पूजा गरिएको पाइन्छ ।

दशैमा अत्याधिक पशु बली हुने गरेको छ । कसैको जीवन समाप्त गरेर खुसीयाली मनाउनु धार्मिक दृष्टिबाट राम्रो होइन तसर्थ दशै नमान्नेहरुलाई ध्यानमा राखि भक्तपूर आमा समुहद्धारा आयोजित १ जोर ञ्युङन्या कार्यक्रम आयोजना गर्यो । आयोजित कार्यक्रममा पहिलोपटक सहभागि हुँदाको क्षण अत्यन्तै अविष्मरणीय रह्यो । यसलाई क्रमिक रुपमा अभिव्यक्त गर्ने प्रयास गरेको छु । युवाहरुमा यस कार्यक्रमको महत्व, यसले पार्ने प्रभाव लगायतका विषयहरु यहाँ उठान गर्न खोजिएको छ । हामीले मान्ने चाडपर्व, संस्कारलाई ‘मूलमर्म’ ननासिने गरी पारिस्कृत रुपमा अघि बढाउन ुपर्ने जरुरी हुन्छ । यसपालीको दशैं मेरो ञ्यङ्न्या पूजा भक्तपुरमा वित्यो । अस्वस्थ झैं भएर प्राणी जगतको, सुखावतीमा जन्मको कामना गर्दै बसिने मौनव्रतले शारीरिक, मानसिक रुपमा समेत सन्तुलन दिने रहेछ ।

असोज ११ गते साँझ खेम्पो ङावाङ वोसेर लामा शेर्पा सहित हामी भक्तपूर पुग्यौं । उहाँको स्वागतमा आयोजकहरु खादा, माला सहित घर बहिर थिए ।  केहिबेर आराम पश्चात ्पूजाहलमा प्रवचन सुन्ने हेतुले प्रवेश गर्यौं । खेम्पोले हामीलाई कसरी भिक्षुणीलक्ष्मीकुरा÷गेलोङमापाल्मो (राजकुमारी) ले सबै राजकीय सुख सुविधा परित्याग गरी अनागारिकाभिक्षुणीभई गुरुको आदेश अनुुसार एघार मुखे सहस्रभुजलोकेश्वरको साधन गरी महासिद्धिप्राप्त गरेका ेजीवनी श्रावण गराए । प्रवचन सुनिसके पछि हामी सुत्न गयौ । बिहान तीन बजे नै उठेर स्नान गरी हलमा उपस्थीत भयौं । करिब ३–४ सय व्यतिmहरु ञ्युङन्या बस्नका लागि उपस्थित थियौं । गुरुहरु मन्त्रजब्दै हुनुहुन्थ्यो र हामी“ओममाने पदमे हुङ”मन्त्र । केहि समय पश्चात हामीले शील लियौ । खेम्पोले भने झै ञ्युङन्याको शील लिएर मध्यान्ह १२ बजे भित्र शुद्ध शाकाहारी (भोजन) गर्यौ र अर्को दिन निराहार भई नबोल्ने अर्थात अवाक्य भई शील पालन गर्ने प्रतिज्ञा लियौ । पहिलो पटक ञ्युङन्या मौन व्रत बसेकाले मेरो मनमा अनेकन कुराहरु खेली रहेको थियो । म खेन्पोले भने अनुसार सबै गर्न सक्छौं की सक्दैनौं । ञ्यूङ्न्याको नियमभित्र रहन सक्छुकी सक्दिनभन्ने थियो । दिनभर नबोलि, निरजल ञ्युङन्या बस्नुपर्दा गाह्रो हुन्छनै । अर्कोदिन ७ बजे तिर आयोजकले हामीले चियापान गराउनु भयो र ११ः१५मा भोजन पनि । केहि समयको विश्राम पछि पुनःउपस्थितभई हामी“ओम माने पदमे हुङ”जब्न थाल्यौ । यसरी पहिलो दिन बित्यो । पहिलाझै विहान ३ बजे उठेर स्नान गरी हालमा उपस्थित भए र शील लिए । नजिकको साथिलाई हेरेँ र बोल्न नमिल्ने भएकाले मुस्कुराउँदै आफ्नो ठाउँमा बसे । फेरि अघिल्लो दिनझै “ओम माने पदमे हुङ”जब्न थाले । सबै सहभागिहरु आफैभित्र लिन भई माने गर्दै थिए । कसरी–कसरी दिनबितेको पत्तो पाएन । मौनब्रत बस्न सोचेको जस्तो गाह्रो पनि भएन । यसरी निःशब्द, निरअहार रुपमा ञ्युङन्या बस्दा प्राप्तखुसी र आत्मसन्तुष्टि प्राप्त भएको अनुभूत भयो ।

अर्को दिनबिहानै उठे । अन्य दिन भन्दा फुर्तिलो महसुस गरेको पाए । स्नान गरी हलमा भेला भए । ७ बजे सम्म पूजामा बसेँ । त्यस पश्चात लामाद्धारा पवित्रजल (ठू) हामीलाई प्रदान गर्नुभयो र हाम्रो ञ्युङन्या पुरा भएको बताउनु भयो । सबैले एक अर्कासँग टासीदलेक आदनप्रदान गरी मौनव्रत पनि तोडे । केहि समयपछि म सोचमा परे । मैले आफ्नो भाषा, धर्म, संस्कृति, आदि लोभ हुदै गएको महसुस गरे । आफ्नो धर्मआफैलाई एकदमै नौलो लागि रहेको थियो । मानौ बरखर आफ्नो धर्मसँग परिचित भए झै विचित्र अनुभव सङ्गाले ।

यसरी युवाहरुमा पछिल्लो समय युवाहरु आफ्नो धर्म, संस्कार, संस्कृतीलाई निरन्तरता दिने कार्यले पक्कैपनि सकारात्मक सन्देश दिने रहेछ । हामीयुवाहरु आधुनिकताको पछिमात्रै दौडीरहेका हुन्छौं तर यस्ता अध्यात्मिक तर्फ पनि हामीले ध्यान दिने हो भने हामी शारीरिक मानसिक रुपमा समेत तन्दुरुस्त हुन सक्ने रहेछौं । बौद्ध घुम्ने (कोरा गर्ने), हातमा माला लिएर मणिजप गरेझैं मौनव्रत वस्ने कार्यमा सहभागि भएर दिमागको बोझ काम गर्न र शारीक फुर्तिका साथै नयाँ सोच विकासका लागि समेत महत्वपूर्ण हुन्छ । पछिल्लो समयमा युवाहरुमा बढेको यस्तो क्रेजले धार्मिक, अध्यात्मिक चिन्तन र पद्धतीले पारिस्कृत रुपमा निरन्तरता पाउने नै छ ।

ngimachoti991@gmail.com

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय