नेपालको नयाँ संविधान घोषणा भएको दिन पारेर विदेशस्थित नेपाली नियोगहरुले नेपालकको राष्ट्रिय दिवस मनाउने क्रममा सेप्टेम्बर २० तारिखका दिन हेलेनिक क्लब, क्यानवेरामा नेपालको राष्ट्रिय दिवस भव्यरुपमा सम्पन भयो । उक्त समारोहमा अष्टे«लियाका लागि नेपालका राजदूत महामहिम लक्की शेर्पाले नेपालमा दश बर्षे लामो जनयुद्ध र विभिन्न आन्दोलनमार्फत धर्म निरपेक्ष, समानुपातिक समावेशी संघीय गणतन्त्र स्थापित भएको बताउनुभयो । यस संविधान जारी भएपक्षात यसलाई लागू गर्ने सिलसिलामा स्थानीय तहको निर्वाचनबाट चालिस प्रतिशत महिलाहरु सहित आदिवासी जनजाति, दलित, मधेशी लगाय विभिन्न समुदायको उल्लेख्य सहभागीता हुन सकेको र द्धन्द व्यवस्थापन सम्बन्धी विश्व समुदया माझा नेपाल उदाहरणीय भएको चचाए गर्नुहुँदै मुलुकले एकैपटक प्रथम महिला राष्ट्रपति, प्रधान न्यायधिश तथा सभामुख पाएको पनि स्मरण गराउनु भयो ।
नेपाल अष्टे«लियाबीच विध्यमान रहेको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै नेपालबाट अध्ययनको सिलसिलामा अष्ट्रेलियामा आउने विद्ययर्थीको संख्या बर्षेनी उल्लेख्यरुमा बृद्धि हुँदैगएको र उनीहरुले अष्टे«लियको आर्थिक, सामाजिक, राजनीतिक लयायतका क्षत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सफल भएकोमा नेपाली समुदायको प्रसंशा गर्नु भयो ।
कार्यक्रमको विशेष आकर्षणका रुपमा लाखे नाँच, तामाङ सेलो लगायत नेपालको पहिचान झल्काउने विविध साँस्कृतिक कार्यक्रम तथा नेपाली चित्रकाला प्रर्दशनी गरिएको थियो ।