१३ सेप्टेम्बर २०१७ बुखारेस्ट, रोमानिया। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको पाँचौ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्य समिति २०१७ -२०१९ गठन ग-यो।
गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका संयोजक कुल आचार्यको पहलमा महाधिबेशन सम्पन्न भएको थियो। राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई आईसीसी सदस्य तया संरक्षकमा सर्वसम्मतबाट चयन गरेको छ भने अध्यक्षमा आलोक साहलाई चयन गरेको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानिया २०१७-२०१९ को नामावली निम्नानुसार रहेको छ।
आईसीसी सदस्य तथा संरक्षक :- नवराज पोखरेल
अध्यक्ष :- आलोक साह
वरिष्ठ उपाध्यक्ष :- श्रीकृष्ण पुरी
उपाध्यक्ष :- ल्हाक्पा तेन्जी लामा शेर्पा
महासचिव :- खगेन्द्र अधिकारी
सचिव :- राजु बर्देवा
कोषाध्यक्ष :- जेनी गुरुङ
सह-कोषाध्यक्ष :- गोमा थापा
युवा प्रतिनिधि:- प्रज्वल खड्का
महिला प्रतिनिधि :- मेन्दा शेर्पा
सदस्य :- संगिता केसी पुरी
सदस्य :- मुक्तिराज कोइराला
सदस्य :- शोभा मानन्धर
सदस्य :- खुमलाल भुसाल
सदस्य :- होमबहादुर परियार
सदस्य:- डा. अमित रिजाल
सदस्य:- मैयाँ मोनि राई