
कोरियाको राजधानी सौल स्थित दोङदेमुनमा आज नेपाली संघीय समाज दक्षिण कोरिया बैठक सम्पन्न भएको छ । बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
सङ्घीय समाजवादी फोरम दक्षिण कोरियाले आगामी कोरियनहरूको नया वर्षा (सलनाल) मा कृयाशील बिभिन्न राजनैतीक दलका भाद्रि संगठन र संघ संस्थाहरुलाई निमन्त्रणा गरी हाल नेपालमा सम्पन्न निर्वाचन पश्चात अब संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाई कसरी समृद्धी बनाउने र प्रवासमा रहेका नेपाली युवाहरुले के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने विषयमा केंद्रित रहेर आगामी फरवरी 16 तारिक बृहत अन्तर्कृया कार्यक्रम आयोजन गर्न लागिरहेको सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनू भयो ।
उक्त बृहत अन्तर्कृया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरमका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएको छ ।
नेफेसो कोरियाको आज बसेको बैठकमा अन्य विभित विषयमा निर्णय गरेको छ । नेफेसो अन्तर्गतको शेर्पा प्रदेश प्रबास समिति इन्चार्जमा नेफेसो कोरियाका केन्द्रीय सदस्य थुतुङ गेल्जी शेर्पालाई चयन गरिएको छ भने शुस्मा राईलाई केन्द्रिय कार्यसमिती सदस्यमा मनोनित गरेको छ ।
नेपालमा गत मङ्सिर १० र छ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिहरुलाई नेपाली संघीय समाज दक्षिण कोरियाको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरिएको छ। साथै बिगतमा तराई मदेशमा तराईका जनताद्वारा आफ्नो हक अधिकार र पहिचानको खातिर गरेको शान्तिपूर्ण जन आन्दोलनका क्रममा सरकार पक्षबाट भएको निर्मम ,बर्बरता पुर्ण दमन र हत्या सम्बन्धमा सत्य तथ्य र निस्पक्ष रूपमा छानबिन गर्दै घटनाको प्रतिबेदन सार्बजनिक गर्न जोडदार माग गर्दै घाइते ,अपांग साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोसि उपर कडा कारबाही अगाडी बढाउन राज्य सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरिएको अध्यक्ष महेंद्र राई ले जानकारी दिएको छ l
नेफेसो कोरिया कार्यसमितिका उपाध्यक्ष राम कुमार यादव को ममतामयी आमाको केहि दिन अगाडि असामयिक निधन भएको हुनाले मृत आत्मा प्रती सिङ्गो संगठन नेफेसो कोरियाको तर्फबाट समबेदना प्रकट गर्ने निर्णय गरिएको छ ।