जापान, पौष ३० । । शेर्पा संघ जापानले यस बर्षको ग्याल्बो लोसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालको हीमाली क्षेत्रमा बसोबास गर्ने हिमाली जातीको मुख्य पर्ब लोसार भब्य रुपमा मनाऊने तयारी गरेको हो ।
हीमाली शेर्पा समुदयहरुको नयाँ बर्ष २१४५ औँ स फो खी लो (कुकुर बर्ष) ग्याल्बो लोसार अविश्मरणीय र मनोरञ्जनात्मक बनाउन शेर्पा संघ जापान तयारीमा जुटेको छ । फेब्रअरी १८ तारिखका दिन गरिने लोसार कार्यक्रमको तयारी तिव्रगतीमा भइ रहेको आयोजक समितिका सदस्य फुरलाक्पा शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रममा बिशेष गरि हीमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको कला ,भेषभुषा र सस्कृतीको प्रचार प्रसार गर्ने हेतुले सोही दिन शेर्पा जातीको सीली नाच, स्याब्रु नाच लगयातका सस्कृतीको प्रदर्शन ,शेर्पा खाना, पेय पदार्थको सेवान तथा नेपाली कलाकारहरुको प्रस्तुती रहने शेर्पाले जानकारी दिए ।
कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोशाक तथा विभिन्न सस्कृती प्रदर्शन र कार्यक्रम गर्ने हललाई हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको रहनसहनसंग मील्ने गरि शेर्पा जातीको समपुर्ण सस्कृतीको अध्यान गर्न सकिने गरी भौतीक संरचना निर्माण गरिने शेर्पा संघले जनाएको छ ।
कार्यक्रममा जापानस्थित नेपाली दूताबास, एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैरशेर्पाहरु लगयात समपुर्ण जापानबासी नेपालीहरुलाई हार्दिकताका साथ उपस्थित भईदीन शेर्पा संघ जापानले आमन्त्रण गरिएको छ ।
प्रवासमा रहेर नेपाली भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी गराऊनुभएको छ । साथै जापानमा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले बताएका छन ।
संघका अदक्ष्य शेर्पाले जापानबासी सम्पुर्ण नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागि भई शेर्पा जातीको संस्कार सस्कृतीको अध्यानसंगै भरपुर मनोरन्जन लीन बिशेष आग्रह गरेका छन । कार्यक्रमको प्रतक्क्ष्य प्रशारण भिबिन्न अनलाईन मीडीयाहरुबाट प्रशारण गरिने छ भने भिबिन्न अनलाईन समचारहरु मीडीया पार्टनरको रुपमा रहनेछ ।
शेर्पा संघ जापान, जापानको कानुन अनुसार दर्ता भएको नेपाली समाजिक संस्था हो । शेर्पा संघले जापानबासी नेपाली समुदायलाई आपतविपदमा आर्थीक तथा भौतीक रुपमा बिभिन्न सहयोगहरु गर्दै आएको छ ।