कोभिड -१९ महामारीले बिश्व अर्थतन्त्रलाईमात्र नभई समाजको विभिन्न क्षेत्रमा ठुलो असर पुराएको छ। लामो समय महामारी चलि रहदा यसले समजको धार्मिक , सस्कृतिक सामाजिक क्षेत्रमा पनि ठुलो असर पुराएको देखिन्छ। विशेस गरि सामाजमा सामुहिक रुपमा मनाउने धार्मिक चाडपर्वहरु प्रत्यक्ष रुपमा असर परेको छ।

कोभिड -१९ कै कारण बिगत तीन बर्ष देखि अनलाईन भर्चुवल कार्यक्रममै सिमित रहेको ल्होसारलाई महामारी पछि पहिलो पटक भब्य रुपमा मनाउन शेर्पा एसोसिएसन युके र शेर्पा संघ इजरायल तयारी थालेको छ।

नेपालीहरूको महान चाड तथा नयाँ बर्ष ग्याल्पो लोसार (छयु फो तक लो २१४९) को शुभ उपलक्ष्यमा शेर्पा संघ बेलायतले ल्हप्सो पुजा ५ मार्च २०२२ र गुथुक सॉझ १२ मार्च २०२२ मा आयोजना गर्ने जानकारी हिमाली सन्देश लाई दिनुभएको छ।

शेर्पा संघ इजरायलले बौद्द धर्मावलम्बीहरुको महान राष्ट्रीय पर्व “२१४९ औं छयु फो ताग ल्हो(जल पुरुष बाघ वर्ग) ग्याल्पो ल्होसार साँझ ” शुभ-कामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम ११,मार्च,२०२२मा यादखारुचिम-१५,इभ हल(तेल-अभिव)हुने भएको छ।

कोभिड -१९ महामारी तथा स्थनीय सरकारहरुको नीतिको कारण कतिपय देश हरुमा यस वर्षपनि अनलाइनमै सिमित हुने देखिन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय