गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ फिचर सुरु गरेको छ। ललितपुरमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसरमा गुगलले यो घोषणा गरेको हो। यस फिचरमार्फत अब संसारको कुनै पनि ठाउँबाट नेपालका भौगोलिक दृश्य, प्राचीन मन्दिर, दरबार, बजार र जीवन्त परम्परालाई भर्चुअल रूपमा अवलोकन गर्न सकिनेछ।

गुगलको भनाइअनुसार ‘स्ट्रिट भ्यू’ले नेपालको वास्तुकला र समृद्ध संस्कृतिलाई नजिकबाट हेर्ने अवसर दिनेछ। यसको सुरुवातले नेपाललाई विश्वसामु चिनाउने नयाँ माध्यम उपलब्ध गराएको छ। ‘स्ट्रिट भ्यू’मा अहिले काठमाण्डौका गल्ली, मन्दिर र बजारसम्मका दृश्यहरू उपलब्ध छन्।

डिजिटल नेपाल कन्क्लेभ, २०२५ मा डिजिटल शासन, पूर्वाधार, स्वास्थ्य, अर्थतन्त्र र सूचना प्रविधि लगायतका विषयमा छलफल भइरहेको छ। यो कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी र विज्ञहरू गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको छ। यसमा १५ भन्दा बढी नयाँ डिजिटल परियोजनाहरू पनि प्रदर्शनीमा राखिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय