भारी बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलाम्चीमा गएको बाढी पहिरो पीडितहरुलाइ सहयोगार्थ युरोपियन मुलुक रोमानियामा कार्यरत रहेका नेपालीहरुले आर्थिक राहत सहयोग संकलन अभियानबाट संकलित सात लाख अठ्सठ्ठी हजार चार सय उनन्चालिस रुपैया नेपाल पठाइएको छ ।

यसरी बाढी पहिरोमा परि घरबार , परिवार , आफन्त गुमाएका पीडितहरुको घाँउमा मा थोरै भए पनि मलम पट्टी गर्न पीडितहरुलाइ केही मात्रमा भएपनि राह्त पुगोस भन्ने हेतुले राहत संकलन अभियान गरिएको थियो ।

जुन १८ तारिखबाट जुलाइ 22 तारीख सम्म संचालित अभियानको संयोजन सोलुखुम्बु दूधकुण्ड ना.पा.२ हाल रोमानियामा रहनुभएका ल्हाक्पा तेन्जी लामाले गर्नु भएको थियो भने उर्गेन ह्योल्मो हेलाम्बु -१, केशाङ ह्योल्मो हेलाम्बु -१ दावा दोर्जे ह्योल्मो हेलाम्बु-१ मेन्दा शेर्पा सोलुखुम्बु र जाङ्बु शेर्पा सोलुखुम्बु राहत संकलन अभियान टिममा आबद्ध हुनु हुन्थ्यो ।
त्यसैगरी साइप्रस बाट पसी शेर्पा,छिरिङ याङ्जुम शेर्पा मलेसिया बाट दोर्जे स्याङ्बो ह्योल्मोले पनि बिशेष सहयोग गर्नुभएको संयोजक ल्हाक्पा तेन्जी लामाले बताउनुभएको छ ।
यस अभियान मार्फत साइप्रस, मलेसिया ,दुबई ,साउदी , कतार कुवेत,स्पेन र अमेरिकाबाट समेत राहत सहयोग जुटेको छ , संकलित राह्त रकम गत जुलाइ २९ तारिख बिहिबार बैक मार्फत नेपाल पठाइ सकेको छ ।
सोही रकम त्यस क्षेत्रका जन प्रतिनिधि र स्थानिय युवाहरुको सहकार्यता मा अति नै प्रभावित क्षेत्रका बास्तबिक पीडितहरुलाई आर्थिक राहत वितरण गर्ने जनाएको छ

उहाँहरुले बितरण गरेको आर्थिक राहत सहयोग बाट पीडित हरु साना तिना व्यवसायिक कार्यहरु थालनी गरि त्यसबाट जिबिकोपार्जन गर्न सकोस भन्ने उदेश्य ले नगद सहयोग गर्न लागेिएको संयोजक लामाले बताउनुभएको छ ।

बाँढीका कारण त्यस क्षेत्रमा धेरैको घरबार बगाइ करोडौं को धनजनको क्षति भएको छ, धेरैको ज्यान गएको छ यस किसिमको प्राकृतिक घटना का कारण सिन्धुपाल्चोक को विभिन्न क्षेत्रमा मा बर्सेनि त्यहाका बासिन्दा हरु बिस्थापित हुनुपर्ने बाध्यता रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय