सोलुखुम्बु : अन्य जिल्लाका ब्यक्तिलाई सोलुखुुम्बुको नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा अध्यक्ष र वडा सचिब प्रक्राउ परेका छन । सिन्धुली घर भएका ३० वर्षीय सरोज तामाङलाई सोलुखुम्बु सोताङ गाउँपालिका–४ को भनी सिफारिस गरेको आरोपमा वडा अध्यक्ष रामकुमार राई र वडा सचिब पक्राउ परेको सोलुखुम्बु प्रहरी जनाएको छ ।

तामाङले वडाको सिफारिसमा झुटो बिवरण पेश गरी गत साउन २४ गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिएको प्रहरीले जनाएको छ । नागरिकता दिलाउनका लागि सरोजको नक्कली दाई बनेका ४२ बर्षीय शक्र तामाङ सहित साक्षी बसेका ७ जनालाई गत साउन २७ गते नै प्रहरीले पक्राउ गरिसकेको छ ।

उक्त मुद्धामा वडा अध्यक्ष र वडा सचिवको पनि संलग्नता देखिएकाले उनीहरुलाई पनि गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी ऋषीराज ढकालले जानकारी दिनुभयो ।

-Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय