युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । स्विट्जरल्यान्डको नियोनमा भएको ड्र समारोहमा गएराति अन्तिम आठका खेलहरूको टुंगो लागेको हो ।
सार्वजानिक ड्र अनुसार रियल मड्रिडले साविक विजेता म्यानचेस्टर सिटीसँग क्वाटरफाइनलमै प्रतिस्पर्धा गर्ने भएको छ । गत संस्करणको सेमिफाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए ।
अर्को क्वाटरफाइनलमा पीएसजी र बार्सिलोना भिड्ने छन् । पछिल्लो पटक यी दुई टोली २०२१ मा अन्तिम १६ मा भिडेका थिए ।
यस्तै अन्य दुई क्वाटरफाइनलमा आर्सनल र बायर्न म्युनिख भिड्दा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड भिड्ने छन् ।
सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड बीचको विजेताले आर्सनल र बायर्न म्युनिखको विजेता विरुद्ध खेल्नेछ । यस्तै पीएसजी र बार्सिलोनाबीचको विजेताले एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बीचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।
फाइनल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुनेछ ।





