यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत  क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी तथा बार्यन म्युनिख र आर्सलनले बराबरी खेलेका छन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले तीन/तीन तथा बार्यन र आर्सलनले दुई/दुई गोलको बराबरी खेलेका हुन् ।

रियलको घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । तर १२ औँ मिनेटमा सिटीका रुबेन डायसले आत्मघाति गोल गरेपछि एक/एक गोलको बराबरी भयो । त्यसपछि लगत्तै रियलका लागि खेलको १४ औँ मिनेटमा रोड्रीगोले गोल गरे ।

त्यस्तै सिटीका लागि ६६ औँ मिनेटमा फिल फोडेनले र ७१ मिनेटमा जोस्को गवार्डीओले गोल गरे । रियलका लागि ७९ औँ मिनेटमा फेडेरिको भेलभर्डेले गोल गर्दा खेल बराबरीमा सकियो ।

गएराति नै भएको अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले २–२ को बराबरी खेल्दा घरेलु टोली आर्सनलका बुकायो साकाले खेलको १२ औँ मिनेटमा र लिन्ड्रो र्टोसार्डले ७६ औँ मिनेटमा गोल गरे । बायर्न म्युनिखका सेर्गे गनाब्रीले १८ औँ मिनेटमा र हेरी केनले ३२ औँ मिनेटमा पेनाल्टिमा गोल गरे ।

खेलको दोस्रो लेग आउँदो अप्रिल १८ तारिखमा हुनेछ ।  क्वाटरफाइनल खेलमा आजराति बार्सिलोना र पीएसजी तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड खेल्दैछन् ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय