NPO法人 नेपाल तामाङ समाज जापान केन्द्रीय समिति जापानले नवौं महाधिवेशनको साथमा संस्थाको स्मारिका विमोचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृतिभेषभुषा र पहिचानलाई संरक्षण, संवर्धन र जगेर्ना गर्ने उद्देश्यले ई.स. २००९मा स्थापना भएको नेपाली तामाङ समुदायको साझा संस्था NPO法人 नेपाल तामाङ समाजले बिशेषत समाजकै ऐतिहासिक कुराहरु समेटेर पहिलो पटक फ्याफुल्ला निप्पोन नामाक स्मारिका बिमोचन गर्ने तयारिमा रहेको नेपाल तामाङ समाज जापान केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तथा ‍स्मारिकाका प्रधान ‍सम्पादक कुमार मोक्तानले जानकारी दिनुभयो ।

यही मे ५, आईतबार बिहान ११ बजे ओकुबो स्थित काठमान्डौ लाउन्च तथा बारमा हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागिस समाजका अध्यक्ष कर्साङ तामाङले जापानबसी सम्पूर्ण तामाङ आग्रज व्यक्तित्वहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकार तथा विद्यार्थी वर्गहरुमा अनुरोध गर्नुभएको छ ।

उम्मेद्वारी दर्ता र समय तालिका

NPO法人नेपाल तामाङ समाज जापानले नवौं महाधिशन मार्फत अगामी २ बर्षको लागि नयां कार्यसमिति चयन गर्नेछ। नयां कार्यसमितिमा रहेर समाजमा सक्रिय रहन ईच्छुक जापानवासी तामाङहरुमा यो सुचना संगै रहेको गुगल फार्म भर्नको लागि अनुरोध गरेको छ ।

यस्तो छ बिभिन्न पदको लागि निर्धारण गरेको उम्मेद्वारी शुल्क

अध्यक्ष १ जना -उम्मेद्वारी शुल्क ३०,००० ¥

बरिष्ठ उपाध्यक्ष-१ जना -उम्मेद्वारी शुल्क २०,००० ¥

महिला उपाध्यक्ष-१ जना -उम्मेद्वारी शुल्क १५,००० ¥

उपाध्यक्ष-२ जना -उम्मेद्वारी शुल्क १५,००० ¥

महासचिव-१ जना -उम्मेद्वारी शुल्क १५,००० ¥

सचिव -३ जना उम्मेद्वारी शुल्क १०,००० ¥

कोषाध्यक्ष-१ जना उम्मेद्वारी शुल्क १०,००० ¥

सह-कोषाध्यक्ष-१ जना उम्मेद्वारी शुल्क ७,५०० ¥

सदस्य- जना उम्मेद्वारी शुल्क ५,००० ¥

उम्मेद्वारी दर्ता
३ शुक्रबार २४:०० बजेसम्म
उम्मेद्वारी फिर्ता
४ शनिबार दिनको १२:०० बजेसम्म

बैक खाता नं 11380-03847111
トクヒ)ネパール タマン ソサイティ オブ ジャパン

 

https://docs.google.com/…/1kPNyM8twDdt3ZitS9vAbZUD…/edit

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय