थकाली जातिहरुको महान चाड च्योङ्जी तोरन्ल्ह अर्थात फागु पुर्णिमाको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानबासी नेपालीहरुमाझ एक आपसमा शुभ कामना साटासाट गर्दै बिदेश बसाइलाइ फलदायी र उपलब्धिमलक बनाउने उद्देश्यले थकाली सेवा समितिले स्थापनाकालदेखि बिबिध कार्यक्रमहरु गदै आइरहेको समाजका अध्यक्ष बुद्दि गौचनले जानकारी दिनभयो ।
आगमी मार्च ८ तारिख आइतबारको दिन टोकियो स्थित मन्दिर रेस्टुरेन्ट हामामाचुमा बेलुकी ५ बजेदेखि हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि सबैलाइ अनुरोध समेत गर्नभएको छ ।
सन १९९१ सालमा स्थापना भएको थकाली सेवा समिति जापानमा रहेका बिभिन्न सामाजिक संस्थामध्ये पुरानो संस्था हो ।





