सुबास दर्नाल – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका ८ बागमको एक घरमा आगलागी हुदाँ करिब ७० लाख बराबरको क्षति भएकोे छ । स्थानिय तेन्डि शेर्पाको घरमा शनिबार अपराहन्न ग्यास लिग भएर आगलागी हुदा यतिको क्षति भएको जिलला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
आगलागीबाट  १ लाख ५० हजार नगद सहिद शेर्पाको ढुगां माटोले बनेको तिन तले घर, घरमा भएको सुनचादी कासा तामा लगायत सम्पुर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
अपराहन्न चिया पकाएर घरमा भएको मानिस मेलामा गएको समयमा ग्यास लिग भई आगलागी भएको प्रहरीले जनाएको छ । घटना स्थलमा पुगेका प्रहरी टोली र स्थानियले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पुर्ण रुपमा जलेर नष्ट भएको स्थानियले बताएका छन ।

0Shares

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय