टोकियो

जापानमा रहेका गुरुङ (तमु) हरु र अन्य गैर गुरुङहरु वीच भेटघाट र भाइचारा बढाउने लक्ष्य सहित गुरुङ समाज जापानले हिजो  (जुलाइ २१ तारिख) आयोजना गरेको बनभोज (BBQ) आईतबार सम्पन्न भएको छ ।

टोकियो स्थित खासाइ रिन्खाइ पार्कमा सम्पन्न भएको बनभोज (BBQ) मा करिब ५ सय जना  भन्दा बढी सहभागी भएको संयोजक जगदिश गुरुङले जानकारी दिनुभयो ।

जापानमा गुरुङ समुदाय वीच एक आपसमा चीनजान गरी सुख दुखमा साथ दिने र पुखौदेखि चलिआएको गुरुङ मौलिक नाँच संस्कार संस्कृति र पहिचानको बारेका नयँ युवा पुस्ताका गुरुङहरुलाई एक आपसमा सिकाउन समाजले बनभोज कार्यक्रम आयोजना गरेको अध्यक्ष युवराज गुरुङले बताउनु भयो ।

बनभोज कार्यक्रममा जापान क्रियासिल जनजाति सस्थाका अध्यक्षहरु  गुरुङ समाज जापान कार्यसमितिका पदाधिकारी,संरक्षक र सल्लाहकारहरु ,तमुधीं जापानका निबर्तमान अध्यक्षद्वय अनिता गुरुङ ,भीम गुरुङ ,हालै गठित गुरुङ समाज सेन्दाइका पदाधिकारीहरु, एनआरएन जापानका अध्यक्ष नवीन निउरे ,नेपालबाटहालै जापान भ्रमणको लागि आउनुभएका पुर्व अग्रज पत्रकार तथा बाँके–१ का कांग्रेस सभापति पोषण केसी लगायतको उपस्थिती रहेको थियो ।


बनभोज कार्यक्रमको अन्तमा जापानमा रहेका चर्चित गुरुङ कलाकारहरुको एकल नृत्य प्रस्तुतीको साथमा राती अबेरसम्म भएको लाइभ लोकदोहोरीले सहभागीहरुलाइ छमछम नचाँएका थिए ।

कार्यक्रममा सहभागीहरुले समाजले सुरुवातमै भब्य रुपमा एैतिहासिक कार्यक्रम गराउन सफल भएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुका साथै आगमि दिनहरुमा समाज सुहाउँदो थप रचनात्मक कार्यक्रम अघि सार्न समेत सल्लाह दिएका थिए ।



फोटो सौजन्य चन्द्र गुरुङ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय