गुरुङ समाज जापानले आगामी सेप्टेम्बर २९ तारिख आइतबारका दिन कान्तो क्षेत्रीय भेला आयोजना गर्ने भएको छ ।

” भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति हाम्रो शान! मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा हाम्रो अभियान!!” गुरूङ एकता र समृद्धिको निम्ति प्रथम ऐतिहासिक कान्तो भेला!! भन्ने मुल नाराका साथ हुन लागिरहेको भेलालाई सभ्य र भब्य बनाउनका लागि भेला आयोजक समितिका संयोजक नरेन्द्र घले र सचिव जीवन गुरूङलाई जिम्मेवारी दिइएको गुरुङ समाज जापानका अध्यक्ष युवाराज गुरुङले जानकारी दिनुभएको छ ।

नेपाली मेला चिवा माचुदो फेस्टिवल -२०२४मा सहभागी जनाउदै गुरूङ समाज जापान टिम

भेलाको मुख्य उद्देश्य गुरुङ समुदायको एकता र समृद्धिको लागि भएको समाजका महासचिव मोती गुरुङले बताए । भेलामा भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृति संरक्षण तथा संवर्धनका विषयमा छलफल हुनेछ । साथै, गुरुङ समुदायको सांस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ ।

विभिन्न पेशा, व्यवसायी युवा विद्यार्थी साथीहरू लगायत सम्पूर्ण कान्तोवासी गुरूङ बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थिति भइदिनको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

भेला सिनोकुबोस्थित रोयल गार्डेनमा बिहान ११ बजेदेखि सुरु हुने  छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय