टोकियो, जापान।

शेर्पा संघ जापानको आयोजनामा आगामी मार्च १ तारिखका दिन २१५३ औँ ग्याल्पो लोसारको पावन अवसरमा आयोजित भव्य शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ।

जापानको टोकियो र आसपासका क्षेत्रमा बसोबास गर्ने शेर्पा तथा गैर–शेर्पा नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा बेल्जियमबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकार सोनम कोसिँस शेर्पा रहनुहुनेछ। उहाँका साथमा स्थानीय कलाकारहरू दावा के शेर्पा र सोनाम कहानी शेर्पाको बेजोड साङ्गीतिक प्रस्तुति रहनेछ। कार्यक्रमलाई थप उत्साहजनक र साङ्गीतिक बनाउन डिजे छवाङ शेर्पा (DJ Chewang Sherpa) को विशेष डिजे सेसन समेत रहनेछ।

संघका महासचिव ङवाङ डी. शेर्पाका अनुसार कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थी भाइबहिनीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। अग्रिम रूपमा टिकट लिन नपाएका इच्छुक सहभागीहरूले कार्यक्रम स्थलकै प्रवेशद्वार (गेट) मा टिकट खरिद गर्न सक्ने सुविधा समेत मिलाइएको छ।

लोसारको उपलक्ष्यमा आपसी भाइचारा र खुसी साटासाट गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको मुख्य इभेन्ट पार्टनरमा स्माइल रेमिट र संघका सल्लाहकार गेलु लामा रहनुभएको कोषाध्यक्ष दाफुरी शेर्पाले जानकारी दिनुभयो।

संघले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस सांस्कृतिक उत्सवमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय