अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई थोरै अग्रता लिएको देखाएको छ। बीबीसीले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार, कमला ह्यारिसलाई ४८ प्रतिशत र ट्रम्पलाई ४७ प्रतिशत मत प्राप्त भएको छ।

यद्यपि, सर्वेक्षणले चुनावको अन्तिम नतिजाको पूर्ण भविष्यवाणी गर्दैन। अमेरिका जस्तो विविधतापूर्ण देशमा मतदाताहरूको मनोवृत्ति चुनावको अन्तिम दिनसम्म परिवर्तन हुन सक्छ।

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनावमा यस पटक दुई शक्तिशाली व्यक्तित्वबीच प्रतिस्पर्धा भइरहेको छ। वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको यस प्रतिस्पर्धामा विश्वभरको ध्यान केन्द्रित भएको छ। नोभेम्बर ५ मा हुने यस चुनावले अमेरिकाको ४७ औँ राष्ट्रपति छान्नेछ।

अमेरिकी इतिहासमा ४६ जना पुरुष राष्ट्रपति भइसकेका छन्। यस पटक अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने सम्भावना छ। तर, चुनावको नतिजा निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति चुनावमा विजयी हुन २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्छ। अमेरिकाका ५० वटा राज्यमध्ये केही राज्यहरूले सधैँ एउटै पार्टीलाई समर्थन गर्ने गर्छन्। तर, केही राज्यहरूमा दुवै उम्मेदवारको जित्ने सम्भावना हुन्छ। यिनै राज्यहरूलाई ‘स्विङ स्टेट्स’ भनिन्छ। यी स्विङ स्टेट्समा जुन उम्मेदवारले बढी मत प्राप्त गर्छ, उसैले चुनाव जित्ने सम्भावना बढी हुन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय