इजरायली सेना र विद्रोही समूह हमासको युद्धका कारण विस्थापित भएका गाजापट्टीका धेरै नागरिक घर फर्किएका छन् । गएको वर्ष अक्टोबर ७ देखि निरन्तर भइरहेको  आक्रमणपछि गाजापट्टी नजिकै आफ्नो घरबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेका अधिकारीहरूले बताएका छन् ।

घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुननिर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा धेरै जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस गएको जुलाईसम्म आफ्नो घर फर्केका छन् ।

इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए । यो व्यवस्थाको अवधि हिजोदेखि सकिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

हमासको आक्रमणबाट अझै क्षतिग्रस्त अवस्थामा रहेका केही समुदायका बासिन्दाहरूलाई अर्को एक वर्षका लागि देशका विभिन्न ठाउँमा अस्थायी आवास दिइने इजरायलले जनाएको छ । प्यालेस्टिनी क्षेत्रबाट रकेट आक्रमणको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय