दक्षिण कोरियाको वायु सेनानका दुईवटा लडाकू विमानले सैन्य अभ्यासका क्रममा आफ्नै नागरिकमाथि बम खसाएका छन् ।

उक्त घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।

दक्षिण कोरियाली वायु सेनाका केएफ–१६ विमानबाट स्थानीय समयअनुसार १० बजेर ४ मिनेटमा उत्तर कोरियाको सीमा क्षेत्रको पोचियोन शहरमा उक्त बम झुक्किएर खसालिएको बताइएको छ ।

विमानबाट खसेका आठमध्ये एक बम पड्किएको बताइएको छ । पोचियोनका अधिकारीले बीबीसीसँग कुरा गर्दै बम निरोधक दल अन्य सातवटा बमलाई सुरक्षित तरिकाले नष्ट गर्न जुटिरहेको जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय