युक्रेनले रुसमा गरेका कैयौँ ड्रोन हमलामा त्यहाँका दुई ऊर्जा केन्द्रमा आगो लागेको देखिएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोसहित देशका १५ क्षेत्रमा १५८ वटा भन्दा धेरै युक्रेनी ड्रोन लक्षित आक्रमण गरिएका थिए।

रुसी सेनाले भने ती ड्रोनको पहिचान गर्दै नष्ट पारिएको दाबी गरेको छ।तर हमलाको नतिजास्वरुप मस्कोस्थित एक तेल प्रशोधन केन्द्रमा आगो लागेको उक्त सहरका मेयरले बताएका छन्।सेर्गेई सोब्यानिनका अनुसार राजधानी र आसपासका क्षेत्रमा कम्तीमा ११ वटा ड्रोन निशानामा पारिएको थियो। किएभले आन्तरिक रूपमा ड्रोन निर्माण गर्ने काम बढाएसँगै उसले आफ्ना हमलामा त्यसको प्रयोग बढाएको छ। यसैबीच रुसी राजधानीबाट करिब १२० किलोमिटर पर टिभिर क्षेत्रमा कोनाकोभो ऊर्जा केन्द्र नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको बताइएको छ।

रुसी सञ्चारमाध्यमहरूले उक्त केन्द्रमा आगलागी भएको बताएका छन्।उक्त क्षेत्रका गभर्नर इगोर रुडेन्याले हमलाका कारण आगो लागेको स्वीकारेका छन्। उनले उक्त आगलागी नियन्त्रणमा आइसकेको बताए पनि त्यहाँ के प्रहार भएको थियो भन्ने खुलाएनन्।

स्थानीय अधिकारीहरूका अनुसार मस्को क्षेत्रको कशिरा ऊर्जा केन्द्रमा समेत ड्रोन हमलाको प्रयास भए पनि त्यहाँ कुनै आगलागी, क्षति वा हताहत हुने अवस्था सिर्जना भएन।

युक्रेनले ती दाबीबारे प्रतिक्रिया जनाएको छैन।
@BBC

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय