नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानको अध्यक्षमा हवलचन्द्र लामा चयन भएका छन्। यसअघिका अध्यक्ष सुकुमान तामाङ थिङले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएपछि लामा सर्वसम्मत रुपमा नयाँ अध्यक्षमा चयन भएका हुन्।

तामाडले ३ सेप्टेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्यमा केन्द्रित हुनुपरेको र यस कारणले गर्दा जिम्मेवारी वहन गर्न असक्षम भएको बताएका छन्। उनले आफ्नो निर्णयका लागि महासंघका पदाधिकारी तथा सदस्यहरूसमक्ष माफी मागेका छन्।

तामाडले महासंघमा आफूले पाएको सहयोगका लागि धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुधारका लागि सबैबाट शुभकामनाको अपेक्षा गरेका छन्।

अध्यक्ष तामाडको राजीनामाले नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानमा नयाँ नेतृत्वको खोजी भएपछि चकृय प्रणाली अनुसार नेपाल तामाङ समाजकै कार्यकाल नसकिएकोले समाजले महाधिबेशनसम्मको लागि अध्यक्षको रुपमा लामालाइ अघि सारेको बताइएको छ । ।
महासंघका अनुसार लामा लामो समयदेखि महासंघमा सक्रिय रूपमा संलग्न छन् र उनको नेतृत्वमा महासंघले थप उचाइ हासिल गर्ने विश्वास गरिएको छ।

यस्तो छ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानको प्रेस विज्ञप्ति

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय