नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानीटोकियोमा सम्पन्न भएको छ ।
हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो ।
नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदी क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
एन.आर.एन.ए. जपानका अध्यक्ष नविन न्युरेको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेप्लिज विजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकाली र जापानका ब्यबसायी मनिस मगर एवं सुरेन्द्र खड्काको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा आकर्षक फेसन सो समेत राखिएको थियो जसमा मोडलहरुले फ्युजन स्वरुपको पहिरनमा स्टेज नापेकाथिए । सम्पूर्ण कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सी. इ. ओ. हिमानी सुब्बाले गरेकी थिइन भने, कार्यक्रमको मध्यान्तरमा सोज टपरको रुपमा सुब्बा आँफै आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन भने सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापा मगरले गरेका थिए ।
अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरुप एनआरएनए जापानका अध्यक्ष नविन न्युरेलाई बेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई बेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, ब्यवसायी मनिस मगरलाई बेस्ट नेप्लिज फरेन आन्टर प्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई बेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा वेलफेयर एयाक्टिभिस्टको रुपमा सजना खतिवडा, पपुलर योङ आन्टरपे्रनियर रेखाथापा, पपुलर ब्युटिएक्सपर्ट शोभाअर्याल, पपुलर टाइटलविनर (मिसेज) सन्ध्या लामिछाने, इन्फ्लुएन्सिएल बिजनेस वुमनकल्पना के.सी. कटुवाल, बेस्ट टाइटलविनर (प्रोफेसन वेस्ट) सुश्मादाहाल, एडमाइरेवल ब्युटीएक्सपर्ट युनिशा शाही, एस्पायरिङ हेयर एक्सपर्ट कविता बिशुंखे तथा पपुलर इभेन्ट सेट डिजाइनर रमेश भक्त श्रेष्ठले हातपार्न सफल भएकाथिए ।
स्वदेश तथा बिदेशमा रहेर नेपाली समाजलाई मनोरञ्जन तथा समाज रुपान्तरणको क्षेत्रमा योगदान पुराउने व्यक्तिहरुलाई बर्षेनी प्रदान गरिने सो अवार्ड कार्यक्रमले निकै नै हौसला प्रदान गरेको कुरा आयोजक संस्थाकी सी.इ.ओ तथा फेसन कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिइन् । कार्यक्रम सञ्चालन इभेन्टम्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए ।





