टोकियो, जापान। जापानमा शेर्पाजातिहरूको सांस्कृतिक र सामाजिक हितमा सक्रिय शेर्पा संघ, जापान ले आफ्नो वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा गरेको छ। संस्थाको विधान अनुसार प्रत्येक वर्ष गरिने वार्षिक साधारण सभा भोलि अक्टोबर २६, २०२५, आइतबारका दिन आयोजना हुँदैछ। यो महत्त्वपूर्ण भेला शिनोकुबोस्थित रोयल गार्डेन रेस्टुरेन्ट (ROYAL GARDEN RESTAURANT) मा दिउँसो १२:०० बजे सुरु भएर साँझ ५:०० बजेसम्म चल्ने संघका अध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।

यस साधारण सभामा विभिन्न महत्त्वपूर्ण कार्यसूची (एजेन्डा) हरूमा छलफल हुनेछ। कार्यक्रमको औपचारिक उद्घाटनपछि, सर्वप्रथम वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुतिकरण गरिनेछ। त्यसपश्चात्  सांस्कृतिक तथा प्रचार-प्रसार लगायतका विभिन्न विभागका प्रमुखहरूले आ-आफ्नो विभागीय उपलब्धि, चुनौतीहरू र आगामी योजनाहरू प्रस्तुत गर्नेछन्। सबैभन्दा महत्त्वपूर्ण एजेन्डाहरूमा जापानस्थित शेर्पा समुदायमा भैपरी आउने समस्याको समाधान तथा सहयोग गर्नका लागि कोषको व्यवस्था र आगामी दिनमा आउँदै गरेको ग्याल्बो ल्होसार र फङ्गी चाँडको सङ्गठनबारे विशेष छलफल गरिनेछ।

संस्थाको दिगोपना र भविष्यको परिवर्तनका लागि संरक्षक तथा सल्लाहकारहरुसँगै राखेर उपयुक्त सल्लाह सुझाव लिने कार्यक्रम पनि रहेको छ। नेपाल शेर्पा संघ जापानका महासचिव ङवाङ दोर्जी शेर्पाले साधारण सभामा सबैको महत्त्वपूर्ण उपस्थिति र सुझावले यस सभालाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय