
अगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभातर्फ मनोनयन दर्ता आज ओखलढुगांमा पनि सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । प्रतिनिधि सभाका लागि १ निर्बाचन क्षेत्र र प्रदेश सभातर्फ २ वटा निर्बाचन रहेको ओखलढुगांमा ९ वटा दलले मनोनयन दर्ता गराएको ओखलढुगांका मुख्य निर्बाचन अधिकृत कैलाश केसीले बताउनुभयो ।
प्रदेश सभा १ मा मंगोल नेशनल अर्गनाइजेसनबाट कानुरी शेर्पा, देशभक्त जनगनतान्त्रिक मोर्चाबाट तेन्जीङ शेर्पा, नेपाली कांग्रेसबाट मित्रसेन दाहाल, नेकपा एमालेबाट अम्बिर बाबु गुरुङ, नयाँशक्तिबाट खेमराज खड्का, राष्ट्रिय जनमोर्चाबाट सञ्जमाया राई, संघीय समाजबादी फोरमबाट नेत्रबहादुर नेम्वाङको मनोनयन दर्ता भएको छ ।
यसैगरी प्रदेश सभा २ मा देशभक्त जनगनतान्त्रिक बाट बिष्णु खड्का, नेपाली कांग्रेसबाट प्रदीप कुमार सुनुवार, नेकपा माओबादीबाट मोहनकुमार खड्का, नयाँशक्तिबाट टंकनाथ अधिकारी, स्वतन्त्रमा ज्ञानेन्द्र रुम्दाली, संघीय समाजबादी फोरमबाट दिनेशकुमार राईले मनोनयन पत्र दर्ता गरेको छ । यस्तै प्रतिनिधि सभाका लागि संघीय खम्बुवानबाट चन्द्र राई, मंगोल नेशनल अर्गनाइजेसनबाट बजेन्द्र राई, देशभक्त जनगणतान्त्रिकबाट रुद्र कुमार फुँयाल, नेपाली कांग्रेसबाट रामहरी खतिवडा, नेकपा एमालेबाट यज्ञराज सुनुवार, नयाँ शतिmबाट प्रभ्राम श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट कुन्तादेबी खत्री, नेकपा मालेबाट केशब रम्तेल, संघीय समाजबादी फोरमबाट जुद्दबहादुर राईको मनोनयन दर्ता भएको मुख्य निर्बाचन अधिकृतको कार्यलय ओखलढुगांले जनाएको छ ।
मनोनयन दर्ताका लागि निर्बाचन अधिकृतको कार्यलयले साना दलहरुलाई २ बजेभन्दा अगाडीको समय तोकेको थियो भने ठुला दललाई २ बजेभन्दा पछाडिको समय तोकिएको थियो । नेपाली कांग्रेसले २ बजे मनोनयन दर्ता गराएको थियो भने लगत्तै बाम गठबन्धनबाट एमाले र माओबादीले पनि मनोनयन दर्ता गराएको थियो । मनोनयन पत्र दर्ता गराउनु पुर्ब बाम गठबन्धनले माओबादी केन्द्रको कार्यलय नजिक गणेश चोकमा कोण सभा गरेको थियो । त्यसपछि गठबन्धनले गणेश चोकबाट बाजागाजा सहित जुलुस निकालेका थिए ।
त्यस्तै नेपाली कांग्रेसले पनि त्यही स्थानमा मनोनयन पत्र दर्ता पछि कोण सभा गरेको छ । अन्य पार्टीको खासै तामझाम नदेखिएपनि दुई ठुला दलको ठुलै भिड रहेको थियो ।
यता राप्रपा प्रजातान्त्रिकले सघाएको नेपाली कांग्रेसको पनि तामझाम निकै थियो । तामझामकै बिचबाट नेपाली कांग्रेसका पुर्बसांसद रामहरी खतिवडाले स्थानीय चुनाबमा पनि पहिलो भएको पार्टी आगामी चुनाबमा पनि पहिलो हुने दाबी गर्नुभयो ।