हिमाली सन्देश, मंसिर १० गते हुने प्रतिनिधी र प्रदेश सभाका लागि ओखलढुगांबाट कुल १ लाख २ हजार २ सय ६३ जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमा एकजना तेस्रो लिङगी रहेका छन् । १ लाख २ हजार २ सय ६३ जना मध्ये महिलाको संख्या पुरुषको भन्दा बढी रहेको छ । पुरुषको संख्या ५० हजार ९ सय ९५ छ भने महिलाको ५१ हजार २ सय ६७ जना रहेको जिल्ला निर्बाचन कार्यलय ओखलढुगांका निर्बाचन अधिकारी अर्जुन राइले बताउनुभयो । गएको स्थानीय तहको चुनाबमा ओखलढुगांमा मतदाताको संख्या ९१ हजारको हाराहारीमा थियो भने त्यसपछि सुरु भएको फोटोसहितको नामावलीबाट ११ हजार मतदाता थपिएका छन् । ओखलढुगांमा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्बाचन क्षेत्र निर्धारण गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित