काठमाडौं, कार्तिक ११ । प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ ।

गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टीभित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह २ वजेपछि वस्नेछ । कांग्रेस नेता एवं संसदीय समिति सदस्य अर्जुननरसिंह केसीले पहाडी जिल्लामा उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गर्नुभयो ।
२ नम्वर प्रदेश सहित मधेशका अन्य क्षेत्रमा वाहिर आएको जस्तो विवाद नरहेको भन्दै केसीले गठवन्धनभित्र रहेका शीर्ष नेताको उम्मेदवारी पहिले टुङग्याउने सहमति भएको बताउनुभयो । गठवन्धन आवद्ध संघीय समाजवादी फोरम र राजपाले भने २ नम्वर प्रदेशमा सहमति हुने सम्भावना कम रहेको बताएका छन् ।

२८ निर्वाचन क्षेत्र रहेको २ नम्वर प्रदेशमा फोरम र राजपाले २० सिट दावी गरेपछि सहमतिको सम्भावना टरेको छ । राजपा नेता मनिस सुमनले कांग्रेसकै कारण २ नम्वर प्रदेशमा सहमतिमा ढिलाई भएको आरोप लगाउनुभयो । कार्यदलस्तरमा सहमति हुन नसकेपछि लोकतान्त्रिक गठबन्धनको वैठक समेत अन्योलमा परेको छ ।

श्रोत इकान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय