२८ मंसिर/सोलुखुम्बु समाचार — सोलुखुम्बुवाट प्रतिनिधी र प्रदेश सभामा नवनिर्वाचित सांसद खुशी साट्न नागरिकको घरदैलोमा पुग्न व्यस्त बनेका छन् । पहिलो पटक सोलुखुम्बुमा सफलता हात पारेपछि बाम गठबन्धनका विजयी सांसद तथा नेताहरु गाउँ गाउँमा व्यस्त बनेको हुन् ।

बिहिबार प्रतिनिधी सभाका सदस्य हेमकुमार राई तथा प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत सहितको टोलीले महाकुलुङ गाउँपालिकामा विजयोत्सव मनाएको छ । सदरमुकाम सल्लेरी तथा आसपासका कार्यक्रममा सहभागी भएपछि राई र बस्नेतको टोली महाकुलुङमा पुगेको हो । यसअघि सल्यान तथा नेचामा भएको कार्यक्रममा समेत निर्वाचित सांसदहरु सहभागी भएका थिए ।

निर्वाचित भएपनि नागरिकसँग खुशी साट्दै नवनिर्वाचित प्रतिनिधीहरुले जनताको विश्वास जितेर काम गर्ने दोहोर्याएका छन् । उनीहरुले सोलुखुम्बुको सडक, विद्युत, शिक्षा लगायत्मा जनताले महसुस गर्ने गरी विकासको काम गर्नेसमेत बचतबद्धता दोहोर्याउँदै चुनाबी क्रममा गरिएका आश्वासन पुरा हुन्न कि भन्ने शंका नगर्न आग्रह गरेका छन् ।
“नो भोट” का कारण चर्चित तिङलाबासीको माग सम्बोधन गर्ने प्रतिबद्धतासमेत उनीहरुले दोहोर्याएकाछन् ।
-solukhumbu

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय