हिमाली सन्देश काठमाडौँ, २९ कात्तिक / मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङ्ला क्षेत्र सुनसान देखिएको छ । जिल्लाको सिफारिस विपरित तिङ्ला नेचासल्यान गाउँपालिकामा समवेस गरेपछि तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचा सल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए ।

सोलुदुधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङ्ला क्षेत्रम कुनै पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन् ।चुनावमा को उम्मेदवार भए, कसले जित्छ, कसले हार्छ भन्ने केही चर्चा छैन ।

२५८६ मतदाता रहेको तिङ्लामा स्थानीय तहको चुनावमा नो भोट नो क्यन्डिडेट अभियान चलाएर  एक मत पनि खसेको थिएन त्यहि अडान र एकतालाई निरंतर दिँदै प्रदेश र प्रतिनिधिसभा चुनाव पनि बहिष्कारको पक्षमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय